दुर्घटनाको शोकमा दाङका शिक्षण संस्था बन्द

दुर्घटनाको शोकमा दाङका शिक्षण संस्था बन्द

दाङ : तुलसीपुरको राम्रीमा भएको बस दुर्घटनाको शोकमा आइतबार दाङका शिक्षण संस्थाहरु बन्द भएका छन्। स्थानीय तहको निर्णयअनुसार शिक्षण संस्थाले एक दिन शोक मनाउँदै आइतबार बन्द गरेका हुन्। दुर्घटनाले शिक्षा क्षेत्रमा ठूलो क्षति निम्त्याएको भन्दै शोक मनाइएको स्थानीय तहको शिक्षा समितिले जनाएको छ। 

जिल्ला क्रियाशिल नीजि विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले जिल्लाका सबै नीजि विद्यालय बन्द भएको जनाएको छ। एनप्याब्सनका जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकीले पीडाको घडीलाई कम गर्न शोक मनाइएको बताए। उनले विद्यालय बन्द गरेर आइतबार शोक मनाइएको समेत बताए।  

त्यसै गरेर उपमहानगरका नगर शिक्षा समितिले बैठकबाटै निर्णय गराएर शोकमा विद्यालय बन्द गरेको हो। घोराही , तुलसीपुर शान्तिनगर, दगीशरण क्षेत्रका शैक्षिक संस्था बन्द भएका हुन्। शैक्षिक भ्रमणका क्रममा भएको सडक दुर्घटनामा परेर २३ जना शिक्षक विद्यार्थीले जयान गुमाएका छन् भने १४ जना घाइतेको उपचार भइरहेको छ।

शैक्षिक क्षेत्रमा भएको सबैभन्दा ठूलो दुर्घटना भएकोले स्थानीय शिक्षा समितिले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। शिक्षा क्षेत्रमा भएको ठूलो दुर्घटना भन्दै शोकमा एक दिन विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.