लागूऔषधसहित ३ पक्राउ

लागूऔषधसहित ३ पक्राउ

दमक : एक नम्बर प्रदेशअन्तर्गत प्रहरीले झापा र सुनसरीबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका-६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित शनिबार २ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित होटल संचालक ४८ वर्षीय  लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ५५ वर्षीय खेमल मण्डललाई पक्राउ गरेको हो। साँझ ५ बजेको समयमा लागूऔषध कारोवार भरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटलको १०६ नम्बरको कोठामा चेकजाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको थियो।

बरामद लागूऔषधसहित पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-८ भोटेपुलबाट प्रहरीले लागूऔषधसहित सोही स्थान बस्ने ३७ वर्षीय बिशाल बिश्वकर्मालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागूऔषध स्पास्मोप्रोक्सिभन ५ सय ४ एम्पुल र २ सय ग्राम गाँजा फेला पारी बरामद गरेको हो। बरामद लागूऔषधसहित बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.