सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

दाङ : रमेश बोहरा मंगलबार तुलसीपुरबाट बुटवल गाडी लिएर जाँदै थिए । लमही पुग्दै गर्दा उनको गाडी प्रहरीले सडकमै रोक्यो । चालक बोहरा झस्किए अचानक सडकमा गाडी रोकेको देखेर।

उनले ट्राफिक प्रहरीले केही भन्न नपाउँदै बसका कागजपत्र, सवारी चालक अनुमतिपत्र निकालेर दिँदै बुटवल जान थालेको सुनाए । तर प्रहरीले कागजपत्र हेरेन । उनलाई सिटबाट झारेर नजिकै रहेको स्वास्थ्य शिविरमा लगेर उनको स्वास्थ्य परीक्षण गरी फेरि गाडीमै फर्काइदियो ।

‘सडकमै आज स्वास्थ्य परीक्षण गरियो,’ उनले भने ‘धेरै भएको थियो डाक्टरलाई देखाउन पाएको थिइनँ, आज आँखादेखि प्रेसरसम्म परीक्षण गराउन पाएँ ।’ पूर्वपश्चिम राजमार्गको दाङ सडकखण्डमा ओहोर दोहोर गरेका सवारी साधनका चालकलाई मंगलबार यसै गरी स्वास्थ्य परीक्षण अभियान गरिएको छ ।

दाङमा सवारी दुर्घटना बढिरहँदा प्रहरीले चालकको स्वास्थ्य परीक्षण सडकमै गराउन थालेको हो । यसले चालकलाई रिफ्रेस पनि हुने स्वास्थ्य अवस्थाको जानकारी पनि हुने भएकाले सडकमै परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

चालक श्याम चौधरी भन्छन्, ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो तर आज सजिलो र छिटो बाटोमै स्वास्थ्य परिक्षण गर्न पाइयो । बरु यसलाई नियमित गराइदिए हामी आभारी हुने थियौँ ।’

राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि प्रहरीले  विकल्पको रुपमा यस्तो कार्यक्रम अघि सारेको प्रदेश प्रहरी प्रवक्ता पुष्प मल्लले बताए । 

चालु आर्थिक वर्षको हालसम्म प्रदेशभरीका १२ जिल्लामा १२ सय ८७ दुर्घटना भएको र त्यसबाट २ सय ९४ जनाको मृत्यु भएको मल्लले जानकारी दिए । दुर्घटनामा धेरै सवारी चालकको कमजोरीले भएको उनले बताए । प्रदेश न ५ का सडक निकै जोखिमपूर्ण रहेकाले दुर्घटना रोक्नलाई सडक पनि फराकिलो बनाउनुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.