पञ्चायतविरुद्ध रगतले हस्ताक्षर गर्ने अधिकारी रहेनन्

पञ्चायतविरुद्ध रगतले हस्ताक्षर गर्ने अधिकारी रहेनन्

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाका नेता क्रान्तिनायक शिवकुमार अधिकारीको ८९ वर्षको उमेरमा निधन भएको छ। पुतलीबजार नगरपालिका १० राङ्खोला निवासी पंचायती शासनविरुद्ध रगतले हस्ताक्षर गर्ने र बम काण्डका एक योद्धालाई बुधबार स्याङ्जाले गुमाएको हो। 

२०१७ सालको राजनीतिक ‘कू’पछि नेपाली कांग्रेसप्रति आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका अधिकारी नेपाली कांग्रेस जिल्ला सदस्य, सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेर कांग्रेसको संगठन सुदृढीकरणमा लागेका थिए। 

अधिकारीले नेता बिपी कोइरालासँग बनासरमा निर्वासनका बेलासँगै बसेका थिए। कांग्रेसले आह्वान गरेको सशस्त्र आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा २०३१ साल साउन ४ गतेको बमकाण्डका क्रान्तीकारी योद्धा अधिकारी हातहतियारसहित पक्राउ परेका थिए। तत्कालीन सरकारले सर्वश्व हरण मुद्दा लगाइएको थियो।

हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष सात महिना लामो कठोर काराबासपूर्ण यातना र तीन वर्ष ६ महिना निर्वासन जीवन बिताएका अघिकारीले पञ्चायत व्यवस्थाविरुद्ध रगतले हस्ताक्षर गरी प्रतिवद्धता जाहेर गर्ने जिल्लाका पाँचमध्ये एक योद्धा हुन्। 

अधिकारी २०४९ सालको सम्पन्न भएको स्थानीय निकायको निर्वाचनबाट जिल्ला विकास समिति स्याङ्जाको सभापतिमा निर्वाचित भए। नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारी स्याङ्जा जिविसका पहिलो सभापति हुन्। अंग्रेजी भाषा शिक्षक, प्रिन्सिपल हुँदै विभिन्न सामाजिक सेवामा समेत आवद्ध थिए। 

अधिकारीको शवमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य धनराज गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासीनी, गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठ, मोहनप्रसाद रेग्मीलगायतले श्रद्धान्जलि दिए। 

अधिकारीका २ श्रीमती ३ छोरा र एक छोरी छन्। अधिकारीको बुधबार नै अन्त्यष्टि गरिएको छ। यसैबीच, नेपाली कांग्रेस स्याङ्जाले विज्ञप्तिमार्फत अधिकारीको निधनले कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको जनाउदै पार्टीका सल्लाहकार, बौद्धिक एवं कर्तव्यनिष्ट कार्यकर्ता गुमाएको जनाएको छ। 

साथै, पार्टीको जिल्ला कार्यालय तीन दिनसम्म बन्द गर्ने, पार्टीको झण्डा १३ दिनसम्म आधा झुकाउने र पार्टी कार्यालय स्याङ्जामा शोक पुस्तिका राख्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.