स्वास्थ्यकर्मीको लापरवाही बढेपछि नगरपालिकाको अनुगमन

स्वास्थ्यकर्मीको लापरवाही बढेपछि नगरपालिकाको अनुगमन

ओखलढुंगा : सदरमुकामका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको लापरवाही बढेको गुनासो आएपछि सिद्धिचरण नगरपालिकाले ओखलढुंगा स्वास्थ्य चौकीमा अनुगमन गरेको छ ।

सेवाग्राही आउँदा औषधी छैन भनेर फर्काइएको, स्वास्थ्यकर्मीहरु आलोपालो गरेर घर र पसलमा बस्ने गरेको पाइएपछि अनुगमन गर्नुपरेको टोलीका सदस्य नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताए ।

अनुगमनको क्रममा खतिवडाले सबै स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर सेवा प्रदान गर्न निर्देशन दिएका थिए । नगरपालिकाका उप प्रमुख इच्छाकुमारी गुरुङको नेतृत्वमा स्वास्थ्य चौकी अनुगमन गरिएको थियो । कार्यालय पनि जसोतसो चलाइएको, उपचार सेवा प्रभावकारी नहुँदा विरामी निजी क्लिनिकमा धाउने गरेको पाइएकाले अनुगमन गरेर सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिइएको उपप्रमुख गुरुङले बताइन् ।

सदरमुकाममा वरिपरी घर भएका स्वास्थ्यकर्मी आलोपालो गरेर कार्यालय आउने, हाजिरी गरेर हिँड्ने गरेपछि स्वास्थ्य चौकीमा अचेल सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ । अनुगमनपछि निर्देशन पालना नभए कानुनी कारवाहीमा जाने नगरपालिकाले चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.