साइकल दौडमा बुद्धिबहादुर पहिलो

साइकल दौडमा बुद्धिबहादुर पहिलो

नेपालगन्ज : मेयर कप प्रोफेसनल साइकल दौडमा बुद्धिबहादुर तामाङ पहिलो भएका छन् । नेपालगन्ज साइक्लिङ क्लबले शनिबार आयोजना गरेको प्रतियोगितामा नुवाकोटका तामाङले निर्धारित दूरी एक घण्टा ५७ मिनेटमा पूरा गर्दै पहिलो स्थान हात पारे । प्रतियोगितामा एक घण्टा ५९ मिनेटका साथ रुकुमका हिक्मत विक दोस्रो र दुई घण्टा तीन मिनेटमा दूरी पार गर्दै जाजरकोटका अविनाशबहादुर बस्नेत तेस्रो भए ।

साइकल दौड बीपी चोक, कोहलपुर, च्यामा चोक, सम्झना चोक, खजुरा चोक, धम्बोजी हुँदै बीपी चोकसम्मको रुट तय गरिएको थियो । विजेतालाई क्रमशः ३५ हजार, ३० हजार र २५ हजार रुपैयाँ बराबरको साइकल पुस्कार दिइएको थियो ।

साधारण विधातर्फ २५ किलोमिटर पुुरुषतर्फ जंगुु थारू प्रथम, जितेन्द्र चौहान दोस्रो र सुुमन चौधरी तेस्रो भए । महिलातर्फ पार्वती सार्की पहिलो, सीता सार्की दोस्रो र टीका खड्का तेस्रो भए । विजेताले क्रमशः २५ हजार, २० हजार र १५ हजार बराबरको साइकल पुरस्कार प्राप्त गरे ।

विजेताहरूलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर लगायतले पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.