भैरहवा विमानस्थलको कार्गो भवनको निर्माण सुरु

भैरहवा विमानस्थलको कार्गो भवनको निर्माण सुरु

भैरहवा : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माण कार्य सुरु भएको छ। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलको महत्वपूर्ण अंगको रुपमा रहने कार्गो भवनको शिलन्यास गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन्।

९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा २ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा-लुम्बिनी-गजुरमुखी जेभीसँग सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ। भवन आठ हजार स्क्यावर मिटर क्षेत्रफलमा निर्माण हुनेछ।

निर्माण सुरु भएको कार्गो भवन अन्तराष्ट्रिय मापदण्ड अन्र्तगत स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए। 'कार्गो भवनको गुरुयोजना निर्माणदेखिकै फेजबाट काम सुरु गरेका छौं, उनले भने,' भवन अन्तराष्ट्रिय मापदण्ड स्तरीयको हुनेछ।'

उनका अनुसार एप्रोनदेखि कार्गो भवनको बीचमा घाघरा खोला पर्ने हुँदा विमान आउन मिल्ने गरी पुल निर्माण समेत गरिनेछ । उनले करिब ९ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेकाले कागजपत्र माथिल्लो निकायमा पुगेको जनाउँदै रकम निकासा भएलगत्तै मुआब्जा वितरण हुने जानकारी दिए।

त्यस्तै भवन शिलान्यास कार्यक्रममा मन्त्री रविन्द्र अधिकारीले सम्झौताको म्याद अवधीभित्र भवन निर्माण सम्पन्न हुने स्वाभाविक भएपनि म्याद अवधिको ४ महिनाअघि नै भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढ्ने बताए।

'ठेकेदारले डेढ वर्ष (१८ महिना) मा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् तर हामीले २ महिना थप गरेर २० महिना भित्र निर्माण सम्पन्न गरी हसान्तरण गर्न भनेका छौं', उनले भने।

उनले ठेकेदारले २० महिनाभित्र निर्माण कार्य सम्पन्न गरे ठेकेदारलाई बोनस समेत उपलब्ध गराउने घोषणा गरे । उनले २०१९ को अगस्त महिनासम्म विमानस्थल तयार भएपनि सेप्टेम्बर महिनामा संचालनमा ल्याउने योजना अनुसार निर्माण कार्य जारी रहेको जानकारी गराए ।

सबै काम समनान्तर रुपमा राम्ररी अघि बढेको छ उनले भने यही हिसाबले काम जारी रहे समयमै विमानस्थल संचालनमा आउने र यो नेपालमा ६० वर्षपछि अर्को अन्तराष्ट्रिय विमानस्थलको रुपमा हुनेछ ।

यस विमानस्थललाई बेस बनाएर श्रीलंका, म्यानमार, चीन, कम्बोडिया लगायतका देशहरुले विमान संचालन गर्नका लागि निवेदन दिइरहेका छन् उनले भने,' विमानस्थल तयारपश्चात संचालनमा आउन कुनै समस्या छैन।

विमानस्थल संचालनमा आएपश्चात यो क्षेत्र नेपालको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य र आर्थिक रुपले सबल प्रदेशको रुपमा विकास हुने उनले बताए। विमानस्थलमा बैकल्पिक कार्गो भवन रहेकाले नयाँ कार्गो भवन निर्माणको म्याद २ वर्ष रहेपनि विमानस्थल संचालनमा यसले कुनै अवरोध नपुर्‍याउने उनले बताए। उनले मुआब्जा वितरणका लागि डेढ महिनाभित्र प्रयाप्त रकम आउने हुँदा समयमै मुआब्जा वितरण हुनेमा स्थानीयलाई विश्वस्त पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.