वडा अध्यक्षको किर्ते हस्ताक्षरको छानबिन

वडा अध्यक्षको किर्ते हस्ताक्षरको छानबिन

ओखलढुंगाः चम्पादेवी गाउँपालिका- ६ का वडा अध्यक्ष तिलबकहादुर खड्काको सही किर्ते गरेर योजनाको रकम निकाशा गरेको विषयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले छानबिन थालेको छ। 

गाउँपालिकाबाटै वडा अध्यक्षको सही किर्ते गरेर वडा अध्यक्ष सिफारिस बनाइ योजनाको रकम भूक्तिानी लिएको उजुरी परेपछि छानविन थालेको हो। वडा नं. ६ को दमाइघुम्ती-काफलबोट-देउराली सडक योजनाको किस्ता निकासा गर्दा अध्यक्षको सही किर्ते गरेर रकम निकासा गरेको पाइएपछि उजुरी गरेको- ६ का वडा अध्यक्ष तिलकबहादुर खड्काले बताए । उनले भने, 'मेरो सही गरेर सिफारिस बनाइ रकम भूक्तानी लिएपछि मात्रै थाहा भयो, त्यो योजनामा अनियमितता गर्न यस्तो किर्ते गरेका हुन्, छानविन हुनुपर्छ।'

चम्पादेवी गाउँपालिकामा आर्थिक अनियमिमता भएको, सही समेत किर्ते हुन थालेको, गाउँपालिकाको जग्गा सम्याउने योजनामा उपभोक्ता समिति नै नबनि ठेकेदारलाई सिधै रकम भुक्तानी गरेको विषयमा छानविन गर्न माग गर्दै नेकपाका स्थानीय नेता कमलबहादुर खड्काले उजुरी दर्ता गरेका थिए।

उजुरी पछि सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति निर्माण गरिएको छ । समितिले छानविन गरिरहेको संयोजक पौड्यालले बताए। उनले छानविन सकेर अख्तियारमा प्रतिवेदन बुझाउने जानकारी दिए। 

अनियमितता भएको भन्ने अन्य उजुरी समेत छानबिनका क्रममा रहेको प्रशासनले जनाएको छ। यस अघि चम्पादेवी गाउँपालिकाका चार जना वडा अध्यक्ष झलकमान तामाङ, सुरेश थापा, तिलकबहादुर खड्का र झम्कहरि वडालले अनियमितता छानबिन गर्न उजुरी दर्ता गरेका थिए। 

नेकपाको स्थानीय कमिटीले समेत गाउँपालिकामा ज्ञापन पत्र बुझाएर अनियमिमता रोक्न माग गरेको थियो । स्थानीय तहमा सुनुवाइ नभएपछि उजुरी गरेको नेकपा चम्पादेवीका अध्यक्ष खड्गबहादुर कार्कीले बताए। यसपछि चम्पादेवीमा नेकपाबाट निर्वाचित चार जना वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ जना वडा अध्यक्षबीच फरक फरक समुह निर्माण भएको छ । यसले गाउँपालिकामा चर्को विवाद छ। विकासका काम प्रभावित भएका छन्। 

उजुरीपछि २१ लाख फिर्ता
यसैबीच गाउँपालिकामा भएको अनियमितता छानबिन गर्न उजुरी परेपछि एक योजनाको २१ लाख रकम गाउँपालिकाको खातामा फिर्ता भएको छ। गाउँपालिकाको जग्गा सम्याउने योजनाको रकम सिधै ठेकेदारलाई दिएर रकम अनियमितता गरेको उजुरीमाथि छानबिन हुने भएपछि रकम फिर्ता भएको हो। 

लेखापाल मिलन लुईटेलले उक्त रकम खातामा जम्मा गरेको- ७ का वडा अध्यक्ष सुरेश थापाले बताए। उपभोक्ता समितिमार्फत गर्नुपर्ने काम सिधैं ठेकेदार राजन सुवेदीलाई दिइएको उक्त रकम खतामा फिर्ता भएको थापाले बताए। 

रकम फिर्ता गरेको सन्दर्भमा उनले एक फर्मलाई निकासा गरिएको रकम फर्म मार्फत फिर्ता गरेको बताए। उनले भने, 'मैले होइन, फर्मलाई निकासा गरिएको रकम फर्मले नै फिर्ता गरेको हो।' उनीमाथि मिलेमतोमा जग्गा सम्याउँदा ठेकेदारसँग मिलेर रकम अनियमितता गरेको आरोप लागेको थियो। 

रकम फिर्ताका सम्बन्धमा छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले रकम फिर्ता भएको सुनेको बताए। उनले प्रकृया नमिलाई दिइएको रकम फिर्ता गरेर नियमित तरिकाबाट खर्च गर्न रकम फिर्ता गरेको सुनेपछि औपचारिक जानकारी नभएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.