‘लुम्बिनी विशेष प्राथमिकतामा’

‘लुम्बिनी विशेष प्राथमिकतामा’

 भैरहवा : संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन्।  उनले लुम्बिनीमा बढीभन्दा बढी पर्यटक भिœयाउन भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको बताउँदै लुम्बिनी गुरुयोजनालाई पूरा गर्न सरकारले विशेष ध्यान दिएको बताए। 

लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बुद्धिष्ट मार्ट (पर्यटन बजार)को शुक्रबार उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीको प्रचारप्रसार कम भएको बताए।  उनले पर्यटन बजारको आयोजनासँगै प्रत्येक महिना कुनै न कुनै विशेष कार्यक्रम गर्नुपर्ने उनले बताए।  सन् २०१९ को सेप्टेम्बरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने तयारीसँगै सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको उनले बताए।  नेपालको पर्यटक प्रवर्द्धन गर्न निजी क्षेत्रको भूमिका रहने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई आवश्यक सहयोग र सहकार्यका लागि सरकार प्रतिबद्ध रहेको जिकिर गरे। 

वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटालातर्फ इंगित गर्दैै उनले अनियमितता र खराबी भएको भए सम्बन्धित व्यक्ति कारबाहीको भागिदार हुने तर पर्यटन विकास नरोकिने उनले बताए।  प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले संघीय सरकारको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन २०७६ साललाई प्रदेश सरकारले पनि लुम्बिनी भ्रमण वर्षका रूपमा अघि सारेको बताए।  नेपालमा पहिलोपटक आयोजना गरिएको मार्टमा बिजनेस टू बिजनेस कार्यक्रमसहित पर्यटन प्रवर्द्धन गर्न विविध पक्षका सम्बन्धमा छलफल भएको छ। 

बिहीबारदेखि सुरु भएको पर्यटन बजारमा मुख्य रूपमा पर्यटनसम्बन्धी प्याकेज खरिदबिक्री हुने र विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६३ जना व्यवसायी, ब्लगर, सञ्चारकर्मी सहभागी रहेको नाट्टा नेपालका ५ प्रदेशका अध्यक्ष विष्णु शर्माले बताए।  उनले लुम्बिनीका साथै मुलुकको पर्यटन प्रवर्द्धन गर्न बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भिœयाउनु कार्यक्रमको उद्देश्य रहेको बताए।  कार्यक्रममा ताइवान, चीनबाट सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायतबाट ब्लगर, माल्दिभ्स, श्रीलंका, भुटानलगायत १७ वटा मुलुकबाट टुर अपरेटर सहभागी भएको बताए। 

विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीलाई एकै थलोमा जमघट गराउँदा पर्यटन व्यवसाय प्रवर्द्धन, अनुभव आदानप्रदानसँगै पर्यटन व्यवसाय विस्तारमा सहयोग पुग्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.