भियनामा नेपाल
काठमाडौं : अष्ट्रियाको सुन्दर नगरी भियनामा भएको पर्यटन मेला ‘फेरेन मेस्से विन’ सम्पन्न भएको छ। चार दिने मेलामा नेपालको पर्यटन बोर्डको ९ स्क्वायर मिटरको नेपाली स्टलले धेरैको ध्यान आकृष्ट गरेको छ।
सबैभन्दा ठूलो पर्यटन मेलामा नेपाल सर्वोच्च शिखर सगरमाथा लगायतका अग्ला हिमालसहित विभिन्न पर्यटकीय स्थलका बारेमा समेत सहभागीले जानकारी लिएका थिए।
सन् २०२० को नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै २० लाखको पर्यटन आगमनको लक्षलाई हाशिल गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले नयाँ बजारमा मेला तथा अन्य अभियानहरुलाई अझ सशक्त बनाउँदै लगेको छ।
अष्ट्रिया पनि हिमाली देश भएको र अष्ट्रियनलाई पदयात्रा र हिमाल आरोहण लगाएतका साहशिक क्रियाकलापमा धेरै रुची भएको कारणले पनि नेपालप्रति विशेष लगाव देखिएको थियो।
मेलामा आएका सहभागी सगरमाथा तथा अन्य अग्ला हिमालहरुको बारे निकै चासोका साथ जानकारी लिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले बताए। मुख्यत नयाँ पदमार्ग, मौसम र नेपाल पुग्ने रुटका बारेमा निकै चासोसाथ प्रश्नहरु सोधिएको सुवेदीले जानकारी दिए ।
सगरमाथा आरोहण गरिसकेका अष्ट्रियाली आरोहीसमेत आएर नेपालको अभियानमा साथ दिएका थिए।
नेपालमा एक पटक भ्रमण गरिसकेका अष्ट्रियाली आफ्ना साथी, परिवारका सदस्यका साथ आएका उनीहरुले पुन नेपाल आउने बाताउदै अन्यलाई पनि भ्रमण गर्न पनि सुझाउने जानकारी दिए। 
पर्यट बोर्डले मेलाको अवलोकननमा आएका सहभागीलाई नेपालको पर्यटकीय गन्तव्यको जानकारी मुलक पोष्टर, नक्सा, , कार्ड ड्राइभ, किरिङ वितरण गरेको छ।
भियनास्थित नेपाली दूतावासका राजदूत प्रकाशकुमार सुवेदीलगायत दूतावास कर्मचारी नेपाली स्टलमा आएका सहभागीलाई नेपालका बारेमा जानकारी दिँदै नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन्।
प्रतिक्रिया दिनुहोस !