आयरल्याण्डमा नेपालीहरुले मनाए मेलमिलाप दिवस
आयरल्याण्ड : आयरल्याण्डमा रहेका नेपालीहरुले राष्ट्रिय मेलमिलाप दिवस मनाएका छन् । आयरल्याण्डमा लामो समयदेखि रहेका कांग्रेस निकट नेपालीहरुले मेलमिलाप दिवसकै अवसर पारेर नयाँ वर्षको शुभकामना आदान प्रदान तथा चियापान समारोह गरी मेलमिलाप दिवस मनाएका हुन् ।
डब्लिनस्थित टीचर्स क्लबमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । अंग्रेजी नयाँ वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै मेलमिलाप दिवसको महत्वबारे विभिन्न वक्ताहरुले आफ्नाे धारणा राखेका थिए । नेपाली जनसम्पर्क समिति आयरल्यान्डको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
समितिका अधक्ष्य शुक्रराज न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल जनजाति महासंघका पूर्व केन्दीय अधक्ष्य एवं संविधानसभा सदस्य नागेन्द्र कुमार कुमाल प्रमुख आतिथि थिए । नेपाली जनसम्पर्क समिति युके का अधक्ष्य युवराज गुरुङ, नेदरल्यान्ड जनसम्पर्क समितिका सल्लाहकार तथा एनआरएन आई सी सी अनारी काउन्सिल मेम्बर हरि पौडेल, बेल्जियम जनसम्पर्क समितिका बरिष्ठ नेता उल्का घिमिरे विशिष्ट आतिथि थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुमालले मेलमिलाप दिवसको सान्दर्भिकता नेपाली कांग्रेसका लागि मात्र नभई सम्पूर्ण देशवासी, नेपालको राष्ट्रियता र सार्वभौमिकतासँग गाँसिएको बताए।
जनसम्पर्क समितिका सल्लाहकार विनोद कार्की, सह महामन्त्री अंकित ओली, एनआरएन आयरल्यान्डका अधक्ष्य नवराज कोइराला लगायतले कार्यक्रममा बोलेका थिए । अधिकांश वक्ताहरुले राष्ट्रिय मेलमिलाप दिवसको तात्कालिक सन्दर्भसँग जोडेर आजको आवश्यकता र भुमिकाबारे आफ्ना भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस !