रोल्पामा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

रोल्पामा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

लिबाङ : रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउसो सडकबाट खोलामा खसेको हो । दुर्घटनामा २१ वर्षीया सञ्जु बुढामगरकाे मृत्यु भएकाे हाे । घाइतेमध्ये एकजनाकाे अवस्था चिन्ताजनक छ । निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेकाे प्रहरीले बताएकाे छ ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगरका अनुसार परिवर्तन गाउँपालिका–१ कुरेली खरिबोटबाट दिउँसो ३ः३० बजेतिर जिप खोलामा खसेको थियो ।

परिवर्तन गाउँपालिका राङसीकी स्थायी बासिन्दा सञ्जु माघे संक्रान्तिको पर्व मनाउन कुरेलीस्थित माइत हिँडेकी थिइन् । घटनामा उनीसँगै जिपमा सवार उनको भाई र बहिनी समेत घाइते भएका छन् ।

निशा पनि स्थायी घर रोल्पा नगरपालिका–२ सिमलबाङबाट माघेसंक्रान्ति पर्व मनाउन माइत जाँदै गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक थापाका अनुसार दुर्घटनामा १२ जना घाइतेको स्थानीयबासिन्दा र खरिबोट प्रहरीले उद्धार गरेका थिए ।

उनीहरु सबैलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि ल्यायाइएको छ । घटनाका प्रत्यक्षदर्शी खरीबोटकी भिमा बुढामगरका अनुसार जिप सडकबाट सिधै खोलामा खसेको थियो । घाइते सबैको नाम र ठेगाना यकिन भइसकेको छैन ।

प्रहरीका अनुसार यस सडक खण्डमा प्रायः जिप क्षमता भन्दा बढी यात्रु बोकेर अप्ठ्यारो बाटो गुड्ने गर्छन् । घटनामा जिपका चालक समेत घाइते छन् । दुई सातायता जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन् । केही दिनअघि मात्रै परिवर्तन गाउँपालिकाकै बागमारा जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.