बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजना पक्राउ

बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजना पक्राउ

स्याङ्जा : १६ वर्षीया बालिकालाई सामूहिक रुपमा जवरजस्ती करणी गरेकोे अभियोगमा ४ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

शुक्लागण्डकी नगरपालिका–४ का विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र सिन्धुली पिलमाडी गाँउपालिका–३ घर भई शुक्लागण्डकी तनहुँ बस्ने विक्रम राईलाई सामूहिक बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

माघे संक्रान्तिका दिन फोन मार्फत बोलाएर सामूहिक रुपमा जवरजस्ती करणी गरेको अभियोग उनीहरुमाथि छ । माघे संक्रान्तिका दिन राति स्याङ्जाको बिरुवा गाउपालिका ५ स्थित छेउडाडाँमा बोलाई थापा लगायत अन्य ४ जनाले सामुहिक जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

आरोपी समूहले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरका मोटरसाइकल समेत प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।बालिकालाई करकापमा पारेर डरधम्की देखाइ पालैपालो जवरजस्ती करणीपछि भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । फोन सम्पर्क गरी विरुवा गाउँपालिका स्थित छेउडाँडा भन्ने स्थानमा बालिकालाई बोलाएर जवरजस्ती करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.