लागुऔषधसहित भारतीय पक्राउ

लागुऔषधसहित भारतीय पक्राउ

गुलरिया : प्रहरीले लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा राजापुर नगरपालिका-  ४ स्थित शक्तिपुल खोलाको बगरमा बिक्री वितरणका लागि बसीरहेको अवस्थामा भारतीय नागरिकसहित १० ग्राम ब्राउनसुगर फेला पारेको हो।

गस्तीका क्रममा प्रहरीले भारतको लखिमपुर खिरी इन्द्रनगर बस्ने २७ वर्षीय हरजित सिंहलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए।

इलाका प्रहरी कार्यालय राजापुरमा राखिएका सिंहलाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बर्दियामा लागुऔषधको कारोवार वृद्धि भएपछि प्रहरीले निगरानी बढाएको उपरीक्षक मैनालीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.