डा. केसीको उपचारमा सात चिकित्सक र एक नर्स खटाइयो

डा. केसीको उपचारमा सात चिकित्सक र एक नर्स खटाइयो

काठमाडौं : इलाममा १० दिनअघि १६ औं अनसन सुरु गरेका प्रा.डा. गोविन्द केसीको उपचार त्रिवि शिक्षण अस्पतालमा सुरु भएको छ। शुक्रबार बिहानका राति सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीको शिक्षण अस्पतालको आईसियुमा उपचार सुरु भएको हो।

सँगै आठ दिनदेखि केसीको अनसनविरुद्ध उल्टै अनसन बसेका विजय थापालाई समेत सेनाको हेलिकप्टरबाट शुक्रबार बिहान १० बजे काठमाडौं ल्याइएको छ। 

केसीले इलाममा अनसन सुरु गरेको दुई दिनपछि अनसन सुरु गरेका थापालाई नेपाली सेनाको एन ए ००५५ कल साइनको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। उनको त्रिविकै आकस्मिक कक्षमा उपचार भइरहेको छ। 

केसीको उपचारमा डाक्टरको समूह नै सक्रिय 
मध्यरातमा काठमाडौं ल्याइएका डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ। 

डा. केसीको स्वास्थ्य अवस्थाको बारेमा त्रिवि शिक्षण अस्पताललले टोली गठन गरेको हो। त्रिवि आईसियु संयोजक डा. सुवास आचार्यको नेतृत्वमा त्रिवीले टोली गठन गरेको हो। 

चिकित्सकको टोलीमा सात चिकित्सक र एक नर्स सहभागी छन्। आचार्य नेतृत्वको टोलीमा क्रिटिकल केयरका विज्ञ डा. परमेशसुन्दर श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, मृर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, डा.रविन नेपाली, स्वासप्रश्वास विशेषज्ञ डा. पंकज पन्त र नर्स गंगा थापा रहेका छन्। 

टोलीको निगरानीमा डा. केसीको स्वास्थ्य उपचार भइरहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जानकारी दिए। 

भर्खरैमात्र कांग्रेस नेता गगन थापा,  काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँगै प्रहरीका उच्च अधिकारीको टोलीले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.