न्युयोर्कमा महावाणिज्य दूतावास किन?

न्युयोर्कमा महावाणिज्य दूतावास किन?

अमेरिका : सरकारले अमेरिकाको न्युयोर्कमा महावाणिज्य दूतावास स्थापना गर्‍यो। तर त्यसमा महावाणिज्यदूत पठाउन आवश्यक ठानेन। बिनाअध्ययन गरिएको दूतावास स्थापनापछि महावाणिज्यदूत नपठाई अधिकृत स्तरबाट सञ्चालन गर्यो।

हुन त कन्सुलेटको काम मात्र गर्न एक सुब्बा र एक अधिकृत भए पुग्छ। तर महावाणिज्यदूतावास भन्दै व्यापारिक केन्द्रलाई लक्ष्य गरेपछि त्यसका लागि सहकार्य आवश्यक हुन्छ। त्यो विषय सरकारले भुलेको र परराष्ट्र अधिकारीलाई लोभलाग्दो पोस्टिङकै लागि मात्र यो कार्यालय स्थापना गरिएको न्यूयोर्कस्थित स्थायी नियोगका एक अधिकारीले बताए।

दुई वर्षअघि अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख मधुकुमार मरासिनीलाई तत्कालीन सरकारले न्युयोर्कको महावाणिज्य दूतावास प्रमुख बनाएर पठाएको थियो। तर उनी एक वर्ष टिकेनन्। केपी ओली नेतृत्वको सरकार बनेपछि उनलाई फिर्ता बोलाइएको हो।

जब कि वासिङटन डीसीबाट फ्लाइटमा जानपर्ने स्थानमा समेत कन्सुलेट/महावाणिज्यदूतावास आवश्यक ठानिएको छैन। तर परराष्ट्र मन्त्रालयले डीसीबाट चारपाँच घण्टाको ड्राइभमै पुग्न सकिने न्युयोर्कमा स्थायी नियोगनजिकै कन्सुलेट राखेर राज्यलाई भार पार्ने काम गरेको अधिकारीहरू बताउँछन्। सीमित स्वार्थका लागि सञ्चालित यो नियोगबारे अध्ययन हुन जरुरी रहेको उनीहरूको भनाइ छ।

न्युयोर्कलाई अमेरिकाको प्रमुख व्यापारिक केन्द्र मान्ने हो भने त्यहाँ सहसचिव स्तरका महावाणिज्यदूत पठाएर काम गर्नपर्ने र अन्यथा बन्द गरे हुने कूटनीतिज्ञहरूको सुझाव छ। ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापित दूतावासमा महावाणिज्यदूत नहुँदा विदेशस्थित दातृ निकाय एवम् सहयोगी संस्थासँग औपचारिक सहकार्य र सहयोगको प्रस्ताव गर्न नेपाल असमर्थ छ। यसमा वार्षिक छ करोड खर्च हुन्छ।


न्युयोर्कमा स्थायी नियोगनजिकै कन्सुलेट राखेर राज्यलाई भार पार्ने काम भएको कूटनीतिक अधिकारीरू बताउँछन्।

नेपालको हरेक वर्षको बजेटमा विदेशस्थित निकाय र सहयोगी संस्थाबाट महŒवपूर्ण सहयोग हुँदै आएकाले पनि न्युयोर्कजस्तो स्थानमा महावाणिज्यदूत राख्नु राम्रो हो। तर उपलब्धि हुँदैन भने जनताको करको दुरुपयोग एवम् कर्मचारीको सुविधाका लागि यो आवश्यक छैन।

न्यूयोर्कमा सयभन्दा बढी मुलुकका वाणिज्य दूतावास छन्। ती सबै कार्यालयमा प्रमुखका रूपमा महावाणिज्यदूत छन्। अन्यको उपस्थिति देखेर स्थायी नियोगबाट छुट्टै स्थानमा महावाणिज्य दूतावास स्थापना गरिएको हो। न्युयोर्क राज्य सरकारले स्थायी नियोगभित्र कन्सुलेट भन्न नमिल्ने भनेपछि त्यसलाई बाहिर ल्याइएको थियो। तर स्थायी नियोगबाट कन्सुलेटको काम गर्न भने रोकेको थिएन। अहिले कार्यालयको प्रमुख को हो भनेर विदेशी निकायले सोध्दा दिने जवाफ नभएको दूतावासका कर्मचारीले बताए।

कार्यवाहक प्रमुखका रूपमा पुष्पराज भट्टराईले काम चलाइरहेका छन्। कार्यवाहकको हैसियत प्रमुखसरह हुन नसक्ने भएकाले सरकारले यस विषयमा विचार पु¥याउनुपर्ने वाणिज्य दूतावासका अधिकारीहरूको सुझाव छ। यो कार्यालयले न्युयोर्क, न्युजर्सी र कनेक्टिकट क्षेत्रमा रहेका नेपालीबाट जन्मिएका विदेशी नागरिकलाई भिसा दिने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.