चोरीको रकमसहित भारतीय पक्राउ

चोरीको रकमसहित भारतीय  पक्राउ

स्याङ्जा : भारतको मोतीहारी थाना फतही- १० गम्हरीया घर भई हाल पुतलीबजार नगरपालिका क्षेत्रमा माछा व्यापारी ३२ वर्षीय विश्वनाथ शाह ३ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

भारतको मोतीहारी थाना फतही- ८  घरभई हाल प्रगतीनगरमा जीरा, धनियाँलगायतका मसलाजन्य वस्तुका व्यापारी ब्रजेश ठाकुरको ३ लाख रुपैयाँ चोरी भएको खबर पाएपछि प्रहरीले शाहलाई पक्राउ गरेको जनाएको छ। 'मंगलबार दिउँसो करिब १ बजे पसलको भित्री ढोकाको ताला फुटाइ टेवलको घर्रामा राखिएको ३ लाख रुपैयाँ चोरेर भागेका शाहलाई स्याङ्जा बजारमा मादक पदार्थ सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।

पक्राउ पर्दा शाहसँग २ हजार नगद र एउटा मोबाइल सेट मात्र भेटिएको थियो। दोश्रो दिन शाहले नगद चोरेको र सुनका गहना बनाउनका लागि चोरेको रकम सदरमुकामस्थित एक सुनचाँदी पसलमा बुझाएको बताएपछि प्रहरीले सुनचाँदी पसलबाट रकम फिर्ता लिएको प्रहरीले जनाएको छ। 

प्रहरीले सो रकम लिएपछि चोरीमा संलग्न विश्वनाथ साहलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत दफा २४३ बमोजिम जिल्ला अदालत स्याङ्जाबाट बिहीबार ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.