सांसद केसीले विद्यालयलाई दिए दुई महिनाको तलब

सांसद केसीले विद्यालयलाई दिए दुई महिनाको तलब

दाङ : दाङ क्षेत्र नं का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले आफनो दुई महिनाको तलब एक विद्यालयलाई हस्तान्तरण गरेका छन् । तुलसीपुर–८ अश्वाराथित अस्वारा माविलाई आफनो दुई महिनाको केसीले तलव उलब्ध गराएका हुन् । विद्यालयमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवको अन्तिम दिन सांसद केसीले रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

उनले दाङको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै जनताका छोराछोरी पढने सामुदायिक विद्यालयलाई तलब हस्तान्तरण गरेको बताए । प्रतिनिधि सभा सदस्यको दुई महिनामा हुन आउने एक लाख १० हजार ४ सय रुपैयाँ विद्यालयलाई दिइएको उनले बताए । 

सांसद केसीले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पुरा गर्ने पनि बताएका छन । निर्वाचित भएपछि आफ्नो तलव भत्ता विकासमा खर्चिने प्रतिबद्दता अनुसार यो काम गरिएको केसीले बताए । केसीले पश्चिमको शिवसुन्दरपुर विद्यालयलाई एक महिनाको तलव भत्ता र तुलसीपुर–१५ मा शहिद पार्क निर्माणका लागि एक महिनाको तलव भत्ता सहयोग गर्ने निर्णय गरिसकेको बताए । 

यसैबीच महोत्सवमा शुक्रवार ७ लाख ९२ हजार रुपैया दान संकलन भएको आयोजकले जनाएको छ । शुक्रवार अश्वारा निवासी टेकनाथ योगीले ५३ हजार ५ सय ५५, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाहले ५१ हजार १ सय ५१, सृजना टोल विकास संस्थाले ५१ हजार ५ रुपैयाँ दान गरेको छ । शुक्रवार समापन हुने भनिएको शैक्षिक महोत्सवको शनिवार समापन हुने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.