सांसदको घर फोडेर धनमाल चोरी

सांसदको घर फोडेर धनमाल चोरी

सुर्खेत : कर्णाली प्रदेश सभाका सांसद धर्मराज रेग्मीको घर फुटाएर धनमाल चोरी गरिएको छ। दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) को भगवतीमाई गाउँपालिका–३ मेहेल्तोलीमा रहेको सांसद रेग्मीको घरमा बिहीबार राती कोही नभएको मौकामा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको प्रहरीले जानकारी दिएको छ। घरमा लगाएको ताला फुटाएर पुरानो धनसम्पती चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए।

 
सांसद रेग्मी काठमाडौं र अन्य दुई दाजुभाई नेपागन्जमा बस्दै आएका छन्। घरमा कोही बस्दैनन्। मानिस नबरे पनि पुरानो धनसम्पत्ति घरमै राखिएको छिमेकी ज्वाला रेग्मीले जानकारी दिइन्। तीन भाइ रहेका सांसद रेग्मीको पुख्यौंली सम्पत्ति भागवण्डा नभएकै अवस्थामा चोरी भएपछि लाखौँको धनमाल लुटिएको बताइएको छ। 

घरमा रहेको सुनका गहना, तामा, चाँदीका एक केजी पुराना सिक्कासहित अन्य सामग्री पनि नभेटिएको सांसद रेग्मीले बताए। उनले भने, ‘म काडमाडौंमा छु, घरबाट नै खबर पाएँ। चाँदीको दोविटे पैसा, सुनका पुराना गहना थियो, भेटिएको छैन। अन्य सामान तामाका भाँडा पनि हराएका छन्। घरमा काँशका थाली, तामाका सम्पूर्ण पुराना सम्पति थिए।’ 

प्रहरीले अनुसन्धान प्रक्रिया थालेको बताएको छ। तामा र चाँदीका पैसा घरभित्रै फालिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए। भेटिएको थैलीमा पाँचवटा चाँदीका सिक्का मात्रै प्रहरीले फेला पारेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.