कालीगण्डकी ए को बिजुली माग्दै धर्ना, सडक अवरुद्ध

कालीगण्डकी ए को बिजुली माग्दै धर्ना, सडक अवरुद्ध

स्याङ्जा : कालीगण्डकी गाउँपालिका ५ बेल्टारीस्थित कालीगण्डकी ए पावर हाउसभित्रको बिजुली बत्ती उपयोग गर्न पाउँ भन्दै स्थानीयबासीले धर्ना दिएका छन्। उनीहरुले सडक खण्ड पनि अवरुद्ध पारेका छन्। 

बिजुलीको प्रयोग गर्न पाउनुपर्ने लगायतका ४ बुँदे माग राख्दै कालीगण्डकी जलविद्युत उत्पादन गृहको प्रमुख प्रवेशद्धारमा धर्ना गर्दै स्थानीयले शनिबार सडक अवरुद्ध गरेका हुन्। ‘कालीगण्डकी ए जलउत्पादन केन्द्रमार्फत उत्पादित बिजुली नियमित आउने गरी बेल्टारीबासीलाई दिनुपर्ने, सो क्षेत्र वरपरका सडक कालोपत्रे गरिनुपर्ने, सडकमा बत्ती राखिनुपर्ने र सिंचाई गरिनुपर्ने लगायतका मागलाई कार्यान्वयन गर्नुपर्ने माग रहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। 

‘स्थानीयबासीले आफूलाई जानकारी नै नदिइ एक्कासी गेटमा धर्ना बसे र सडक अवरुद्ध पारे’ कालीगण्डकी ए उत्पादन केन्द्रका प्रमुख राजेश पाण्डेले भने  ‘स्थानीयबासीका माग पूरा हुने क्रममा छ। ट्रान्सफर्मर मेशिन जडान भैसको छ। थप वार्ता र छलफलका लागि म तयार छु।’अहिले दुबै पक्षका टोली गठन भएर वार्ता सुरु गर्ने तयारी भइरहेको जनाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.