चट्याङ लागेर एकजनाको मृत्यु, १९ घाइते

चट्याङ लागेर एकजनाको मृत्यु, १९ घाइते

अछाम : बुधबार राति चट्याङ लागेर घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाकी एक युवतीको मृत्यु भएको छ । २२ वर्षीया धनादेवी रावलको शुक्रबार राति मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य १९ जना घाइते भएका छन् । बुधबार राति पुल्लेतोला गाउँमा विद्युत् लाइनमा परेको चट्याङका कारण १९ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय बृकिषे रावल, धनबहादुर रावल, खडकबहादुर रावल, जैसरा कामी, मना कामी, दिपु कामी, बासु कामी, धर्मादेवी रावल, टेकबहादुर बटाला, सिर्जनादेवी बटाला, भावनादेवी बटाला, धिर्जा बटाला, रामकलीदेवी रावल, भावना सुनार, तुलादेवी कामी, कमलादेवी कामी, लालु कामी, रुपा सुनार र मन्सरादेवी कामी घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारको लागि पञ्चदेवल विनायक नगरपालिकाको सहयोगमा अहिले जिल्ला अस्पताल अछाम लगिएको छ । लगातारको वर्षाका कारण घाइतेहरूलाई अस्पताल पु¥याउन ढिला भएको थियो ।

मृतक धनादेवी रावलको भने स्थानीय जनप्रतिनिधि, प्रहरी लगायतको रोहबरमा पोष्टमार्टम नगरेरै दाहासंस्कार गरिएको इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज तिलक कलौनीले बताए । मृतक रावलका १ छोरा र १ छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.