भुटानी शरणार्थी शिविरमा आगलागी

भुटानी शरणार्थी शिविरमा आगलागी

दमक : झापाको दमक– ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट १० वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको छ ।

वेलडाँगी २ सेक्टर बी ४ को लिला थापाको छाप्राबाट सुरु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन् । आगो २ घण्टामा  निभाइएको थियो । आगो कसरी फैलियो यकिन हुन नसकेको शिविर व्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले जानकारी दिए । आगोलागीबाट मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीबाट ३० जना बिचल्लीमा परेका छन् । विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ । क्षतिको बिवरण संकलन गर्ने कार्य भईरहेको सचिव रसाईलीले जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.