९ महिने बालिकाको उपचारमा ३० लाख सहयोग जुट्यो

९ महिने बालिकाको उपचारमा ३० लाख सहयोग जुट्यो

बेनी : कलेजोको समस्याबाट थलिएकी म्याग्दीकी एक बालिकाको उपचारका लागि ३० लाख रुपैयाँ सहयोग जुटेको छ ।

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलाका जामबहादुर र रेश्मा रन्तिजा मगरकी ९ महिने छोरी सियानाको उपचारका लागि उक्त सहयोग जुटेको हो ।  भारतको सर गंगालाल अस्पतालमा कलेजो प्रत्यारोपणको तयारी गरिएकी बालिकाको उपचारका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने अभिभावकले बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका हिस्तानबासीहरुबाट प्राप्त भएको ३० लाख रुपैयाँमध्ये हालसम्म १२ लाख रुपयाँ खर्च भइसकेको आमा रेश्माले बताइन् । ‘प्राप्त सहयोग मध्य १८ लाख रुपैयाँ बाँकी छ । कलेजो प्रत्यारोपणका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ,’ रेश्माले भनिन् ‘थप सहयोग जुटेमा छोरीको कलेजो प्रत्यारोपण गर्न सकिन्थ्यो ।’

कलेजो प्रत्यारोपणको तयारी गरिएकी बालिकाको उपचारका लागि थप सहयोग जुटाउन बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फत सहयोगको अपिल गरिएको छ ।

कोषका अध्यक्ष राजेश शाक्यले सियानाको जिवन रक्षाका लागि जतिसक्दो छिटो सहयोगको अपिल गरे । सर गंगालाल अस्पतालका चिकित्सक निमेश र विशालले सियानाको कलेजो प्रत्यारोपणको लागि यही महिनाभित्र समय दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.