सेनाका खगेन्द्र व्यास अल्ट्रा म्याराथन विजेता

सेनाका खगेन्द्र व्यास अल्ट्रा म्याराथन विजेता

दमौली : नेपाली सेनाका खगेन्द्रबहादुर भाट व्यास नगरपालिकाले आयोजना गरेको दोश्रो व्यास नगर अल्ट्रा म्याराथन विजेता बनेका छन् । तनहुँको पर्यटकीय मानुङ डाँडाबाट दमौली, चापाघाट, कलेस्ती हुँदै पुलिमराङसम्मको निर्धारित ४४ किलोमिटरको दूरी भाटले सबैभन्दा पहिले २ घण्टा ५३ मिनेटमा पुरा गरेका हुन् । 

प्रतियोगितामा साविकका विजेता नेपाली सेनामै कार्यरत डोटीका नवराज साउदले दूरी ३ घण्टा २ मिनेटमा पार गरेर दोश्रो स्थान प्राप्त गरे । उनले गत वर्ष यो दूरी ३ घण्टा १३ मिनेटमा पार गरेका थिए । व्यक्तिगत स्कोर सुधार गरे पनि उनी प्रथम हुन सकेनन् । 

प्रतियोगितामा तीन घण्टा १४ मिनेटमा दूरी पार गरेका भूमिराज राई तेश्रो भए । प्रतियोगितामा दुर्गाराज बुढाले ३ घण्टा १६ मिनेट, किरण मगरले ३ घण्टा २० मिनेट, सुरेन्द्र चापागाइंले ३ घण्टा २२ मिनेट, विशाल गुरुङले ३ घण्टा २३ मिनेट तथा सुमन कुलुङले ३ घण्टा ३५ मिनेटमा दूरी पार गरे । प्रतियोगिताका प्रथमलाई ८० हजार, दोश्रोलाई ६० हजार, तेश्रोलाई ५० हजार र सान्त्वनालाई १५ हजार रुपैयाँ नगद प्रदान गरियो ।  

प्रतियोगिताको उद्घाटन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मानुङ क्षेत्रको पर्यटकीय विकासले गति लिएको बताए । प्रतियोगिताका विजेतालाई पुलिमराङमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरियो । 

पुरस्कार वितरण कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्रतियोगिताले नगरको पर्यटकीय प्रवद्र्धनमा योगदान दिएको बताए । प्रतियोगिता समापनका क्रममा नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलगायतले व्यास नगरको पर्यटकीय सम्भावना प्रचारका लागि थप काम हुनुपर्नेमा जोड दिए । 

नगरपालिकाले दौडलाई हरेक वर्ष निरन्तरता दिइने जनाएको छ । व्यास नगर उपप्रमुख मीरा जोशीले प्रतियोगितामार्फत् नगरपालिकाले खेल तथा पर्यटकीय सम्भावना उजागर गरेको बताइन् ।

मानन्धर र कोजुलाई सम्मान

म्याराथनको उद्घाटनका क्रममा नगरपालिकाले चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर र धाविका कान्छीमाया कोजुलाई सम्मान गरेको छ । म्याराथनमार्फत् देशको खेल क्षेत्रमा योगदान दिएको भन्दै दुवैलाई कार्यक्रममा सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.