आफ्नो उत्पादन र संस्कृतिमा गर्व गरौं : सभामुख महरा

आफ्नो उत्पादन र संस्कृतिमा गर्व गरौं : सभामुख महरा

रोल्पा : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले उत्पादन र संस्कृतिको जगेर्नामा जोड दिन आव्हान गरेका छन्  । "नेपालको आन्तरिक उत्पादन नबढाईकन समृद्धि संभव छैन ।", सभामुख महराले दोस्रो रोल्पा महोत्सवको शुक्रबार उद्घाटन गर्दै भने, "उत्पादन बढाउन सकियो भने व्यापार घाटा कम गर्न सकिन्छ ।" 

"कृषि उद्योग ब्यापार संस्कृति र पर्यटनको विस्तार, दिगो विकास र समृद्धिको आधार " भन्ने मुल नारा सहित पुर्वी रोल्पाको सुलिचौरमा सुरु भएको साताव्यापी महोत्सवका प्रमुख अतिथि समेत रहेका सभामुख महराले ८० प्रतिशत व्यापार घाटा भैरहेको भन्दै निर्यात बढाउनका लागि उत्पादनमा जोड दिन अपिल गरे । "हाम्रो उत्पादनमा गर्व गरौं ।", सभामुख महराले भने, "कृषकले उत्पादन गरेका वस्तुको वजारमा पुर्‍यानका लागि स्थानिय र प्रदेस सरकारले पहल गर्न सक्नुपर्छ ।" पुर्वी रोल्पामा कोदोको राम्रो उत्पादन हुने भएकाले त्यसैको उत्पादनमा जोद दिनु पर्ने समेत बताए ।

उद्योग वाणिज्य संघ रोल्पाको आयोजनामा सुभारम्भ भएको महोत्सवमा राखिएका रोल्पाली उत्पादनको महरा सहितका नेताले अवलोकन समेत गरे । 

जिल्लाका दस वटा गाउँपालिकाबाट महोत्सवमा ल्याईएका मौलिक संस्कृति र झाँकीले महोत्सवमा रौनकता ल्याएको छ । मौलिक संस्कृतिबाट प्रभावित सभामुख महराले रोल्पामा रहेका संस्कृतिको जगेर्नामा जोड दिन अपिल समेत गरे  । "रोल्पा कला संस्कृतिले धनी छ । यहाँको संस्कृति अन्यत्र पाईदैन । यसको विकास गरेर जिल्लामा पर्यटक ल्याउन सकिन्छ । आन्तरिक उत्पादन र संस्कृतिको जगेर्नामा महोत्सवले टेवा दिने भन्दै गृह जिल्लाको महोत्सवप्रती गौरव गरे । महोत्सव सभामुख महराले तीन तहको सरकारको अधिकार क्षेत्रमा केही विवाद रहेको समेत बताए । 

महोत्सवका विशेष अतिथी उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले रोल्पाको जलजलामा ३/४ सय वाह्य पर्यटक ल्याउने तयारी भएको बताए । जिल्लाको समृद्धिका लागि सडक संजाल विस्तार गर्ने, माडी हाइड्रो पावरको निर्माण गर्ने र मदन भण्डारी सडक मार्गलाई सदरमुकाम लिबाङ हुँदै सल्यान जोड्ने बताए । महोत्सव मुल आयोजक समितीका संयोजक एवं उद्योग बाणिज्य संघका अध्यक्ष विश्व चन्दको अध्यक्षतामा उद्घाटन भएको महोत्सवमा सयौं स्टल राखिएका छन् ।

कृषि, जडिबुटी, जिल्लाका मझौला उद्योगबाट उत्पादित सामग्री, अल्लो भांग्रोका सामान, पर्यटन क्षेत्रक झलक सहित सटल छन । धार्मिक, प्राकृतिक र युद्ध पर्यटन क्षेत्र जलजलाको दर्शनका लागि हेलिकप्टर समेतको व्यवस्था गरिएको मुल समितिका सचिव महेश न्यौपानेले जानकारी दिए । करिव तीस हजारले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा दुई करोडभन्दा बढीको कारोबार हुने बताईएको छ । 

महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति हुनेछ । मम्मी डान्स, वोटिङ, भलिबल प्रतियोगिता, दोहोरी गित, मयुर नाच, पैस्यारु, सरङे नाच महोत्सवको थप आकर्षण रहेकाछन । महोत्सव २४ माघसम्म चल्ने प्रचार संयोजक मानसिंह बिकले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.