विद्यालयलाई साढे ३५ लाख चन्दा

विद्यालयलाई साढे ३५ लाख चन्दा


बुटवल : रुपन्देहीको सियारी गाउपालिकाका अध्यक्ष अयोध्या थारुले मैनहिया माध्यमिक विद्यालयलाई साढे ३५ लाख चन्दा सहयोग गरेका छन् । आफ्ना दिवंगत बाब्ु साधु शरण थारुको ११ औं दिनको पुण्यतिथिमा विद्यालयलाई सहयोग प्रदान गरेका हुन् ।
गाउँमै रहेको विद्यालयमा प्राबिधिक शिक्षा प्रदान गर्न सकियोस भन्ने उद्देश्यले विद्यालयलाई सहयोग दिएको उनले बताए । शुक्रबार आयोजना भएको शोक सभामा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद गौतमलाई ३५ लाख ५५ हजार ५छ सय ५५ को चेक हस्तान्तरण गरे ।
संयुक्त परिवारमा रहेका अयोध्याका भाइहरु ढालबहादुर, तपेश्वर र धनिरामले चेकमा हस्ताक्षर गरेका छन् । अयोध्या सो विद्यालयको पूर्व अध्यक्ष समेत हुन । ‘स्कुल खोल्नेदेखि कक्षा १२ पढ्ने अवस्थामा ल्याएका छौं, अव यसलाई प्राबिधिक शिक्षा सञ्चालन गर्ने बनाउन सहयोग गरेका छौं, उनले भने–‘गरिवका छोराछोरीले गाउमै पढ्न पाउनेछन भन्ने विश्वास छ ।’
विद्यालयले साढे ३५ लाख चन्दा पाएपछि विद्यालयको नाम समेत चन्दा दाताको बाबुको नाम साधुशरण जोडेर राख्ने निर्णय गरेको छ । यो विद्यालयमा अहिले इलेक्ट्रोनिकमा डिप्लोमा पढाई हुने गरेको छ । सहयोग रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार र भवन निर्माण हुने विश्वास गरेको चौधरीले बताए ।
गाईपालक किसान समेत रहेका उनी रुपन्देहीमै पहिलो व्यवसायिक फर्मबाट दुध बिक्री गर्ने किसान हुन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.