मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा दुईको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा दुईको मृत्यु, एक घाइते

तौलिहवा : कपिलवस्तुको वाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। शनिबार राति वाणगंगा नपा वडा नं. ३ को वभनी भन्ने स्थानमा मोटरसाइकल अनियन्त्रित हुँदा दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

दुर्घटनाबाट वाणगंगा नगरपालिका वडा नं. ५ निवासी अन्दाजी वर्ष २३ का सुरज थापा र सोही स्थानका अजय थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका प्रकाश क्षेत्री गम्भीर घाइते भएका छन्।

उनको अहिले बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र बहादुर केसीले जानकारी दिए। मोटरसाइकलमा तीन जना सवार थिए।

उत्तरबाट दक्षिणी गइरहेको लु १५ प ६५९० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटना राति करिब १ बजे तिर भएको प्रहरीको भनाई छ।

दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.