गायिका पंगेनीले आगो बालिन्

गायिका पंगेनीले आगो बालिन्

नेपालगन्ज : कार्यक्रमको सञ्चालक लोकगायिक उमादेवी खनाल र स्थानीय केबी खड्काले मञ्चमा डाके, गायिका कला पंगेनीलाई। भर्खरै रिलिज भएको भन्दै पंगेनीले ‘आगो बालिदिने’ बोलको गीत गाउन थालिन्। दर्शकको हुटिङ बढ्दै गयो। गाउँदागाउँदै उनी मञ्चबाट ओर्लिन् र दर्शकदीर्घालाई घेरेको फलामे बार नजिक प्लास्टिकको कुर्सीमा चढेर गीत गाउन थालिन्। दर्शकबीच ठेलाठेल चल्यो। प्रहरीले भने उत्तेजित भीड लट्ठीले नियन्त्रण गर्न खोज्यो।

आयोजकले मञ्चमा फर्कन आग्रह गरे तर पंगेनीले मानिनन्। दर्शक व्यवस्थापनमा हम्मेहम्मे भयो। उनले लगातार तीनवटा गीत गाउनु थियो। दोस्रो गीत ‘जवानीको जोश’ गाउँदा पनि उनी मञ्चबाट त ओर्लिन् तर दर्शकको नजिक जानबाट आयोजकले नै रोके। दर्शक व्यवस्थापन गर्न कठिन भएपछि गायिका पंगेनीले तेस्रो गीत भने मञ्चबाटै गाउनु परेको थियो।

महोत्सवमा कार्यक्रमकी सञ्चालक बनेकी लोकगायिका उमादेवी खनालले सांगीतिक कार्यक्रमको शुभारम्भ भन्दै भजन गाइन् तर दर्शकले रुचाएनन्। उनले भने ‘धार्मिक गीतबाट कार्यक्रमलाई पवित्रता प्रदान गरेको’ दाबी गरिन्। शनिबार रमेशराज भट्टराईले ‘बबाल भयो’, ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ गीत गाएर मनोरञ्जन प्रदान गरे। त्यसैगरी पोखरेली माग्ने बूढा र धुर्मुसले हाँस्यव्यंग्यबाट दर्शक हँसाएका थिए।

बाँकेको कोहलपुरमा जारी पाँचौं कोहलपुर व्यापार, कृषि, फुड फेस्टिभल तथा पर्यटन महोत्सवमा शनिबार दर्शकको ओइरो लाग्यो। आयोजक कोहलपुर उद्योग व्यापार संघका महासचिव तेजप्रसाद अधिकारीले शनिबार मात्रै २० हजार टिकट बिक्री भएको बताए। महोत्सवमा दर्शक थाम्न नसक्ने भएपछि दिउँसो सवा ३ बजेतिर टिकट बन्द गरिएको थियो। २५ हजार दर्शक क्षमताको महोत्सवस्थल खचाखच भरिएको थियो। महोत्सव परिसरभन्दा धेरै दर्शक बाहिर थिए। धेरैको गुनासो टिकट नपाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.