सरकारले बालुवाटार र शितल निवासमा मात्रै विकास गर्यो : रिजाल
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले बालुवाटार र सितल निवासमा मात्रै विकास निर्माण केन्द्रित गरेको आरोप लगाएका छन्।
अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गते रेडियो अन्नपूर्ण नेपालसँग सोमवार कुराकानी गदै उनले एक बर्षको अवधिमा सरकारले कामभन्दा गफ बढी गरेर समय बिताएको जिकिर गरे। सरकारलाई सितल निवासमा निक्कै भव्यता चाहिएकोको बताउँदै ‘१८ करोडको गाडी, डेढ अर्बको हेलिकप्टर शितल निवासलाई किन चाहियो’ भन्दै रिजालले प्रतिप्रश्न गरेका हुन।
वाइडबडी प्रकरणमा ३ अर्बभन्दा बढी अनियमितता भएकोबारे काँगे्रस किन चुप लागेको भनेर सोधिएको प्रश्नमा उनले अख्तियारको कार्यक्षेत्रबारे आफू लगायतका सांसदहरुले बोल्नुको अर्थ नभएको स्पष्ट पारे। रिजालले भेनेजुएला प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिका विरुद्ध गलत वक्तब्य निकालेर गम्भिर भुल गरेको बताए।
रिजालसँग गरिएको कुराकानी अडियोमा सुन्नुहोस् :