झापाका सिडिओले संचारकर्मीलाई भिडियो खिच्नै दिएनन्

झापाका सिडिओले संचारकर्मीलाई भिडियो खिच्नै दिएनन्

बिर्तामोड : झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् ।

सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका ‘एपी वान’ टेलिभिजनका क्यामरा पर्सन विष्णु श्रेष्ठ सहितका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र बुझाएको भिडियो खिच्न रोकेका हुन् ।

‘त्यो क्यामरा बन्द गर, भनेर तीन पटकसम्म प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न लगाए,’ एपी वानका क्यामरा पर्सन विष्णु श्रेष्ठ भन्छन् । यसबेला प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न टेलिभिजन पत्रकारलाई ठाडो रुपमा बारम्बार निर्देशन दिएका थिए ।

उनले ‘मोबाइलबाट खिचे खिच्नुस्, टेलिभिजनको क्यामराबाट खिच्न मेरो कक्षमा दिन्न’ भन्दै सञ्चारकर्मीलाई बारम्बार भनिरहे । प्रमुख जिल्ला अधिकारी दाहालसँग यसबारे जिज्ञासा राख्दा उनले यो आफ्नो कक्ष भएकाले यस भित्र आफ्नो पूर्ण अधिकार हुने भन्दै सोमबार टेलिभिजनका क्यामरा बन्द गर्न लगाएको स्वीकार गरे ।

‘मेरो कक्षमा मेरो अधिकार हो, टेलिभिजनले लाईभ गर्छन्, म लाईभ गर्न दिन्न, मोबाइलबाट खिच्न रोक लगाएको होइन, टेलिभिजनको क्यामरा बन्द गर्न मैले नै लगाएको हो,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

यो सरकारकै निर्णय र निर्देशन भएको समेत दाहालको दावी छ । उनले कांग्रेसले बुझाएको ज्ञापनपत्र लिइरहँदा त्यहाँ पुगेका नेता कार्यकर्ताले भने मोबाइलबाटै फेसबुक लाईभ गरिरहेका थिए भने फोटो र भिडियो समेत खिचिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.