'प्रधानमन्त्रीका प्रतिवद्धता भाषणमै सिमित भए'

'प्रधानमन्त्रीका प्रतिवद्धता भाषणमै सिमित भए'

बेनी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रतिवद्धता भाषणमै सिमित भएको बताएका छन्। कांग्रेस म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले दुई तिहाई बहुमतको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको नसकेको आरोप लगाएका हुन् ।  

नेता बलायरले प्रधानमन्त्री ओली र मन्त्रीहरुको घोषणा र प्रतिवद्धता भाषणमै सिमित भएकाले देशको अवस्थामा सुधार नआएको बताए। भ्रष्ट्राचारी, अपराधीहरुलाई राज्यले संरक्षण गरेर आतंक सिर्जना गरेको समेत उनले बताए। 

नेपाललाई संकटबाट जोगाउन कांग्रेस एक भएर लाग्नुपर्ने नेता बलायरको भनाई छ। कार्यक्रममा पूर्व सांसद रेशमबहादुर बानियाले आन्तरिक एकता बलियो बनाएर संगठन सुदृढीकरण र सरकारका नकारात्मक क्रियाकलापको भण्डाफोर तथा खरबदारीमा उत्रनुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.