नगरकोट, सत्यनारायण, काभ्रे र युनाइटेड प्रि-क्वार्टरमा

नगरकोट, सत्यनारायण, काभ्रे र युनाइटेड प्रि-क्वार्टरमा

भक्तपुर : तथास्तु नगरकोट, सत्यनारायण, काभ्रे बोर्डर र २९ ब्वाइज युनाइटेड भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेका छन् ।

सुटर्स फुटसलद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा भक्तपुरको तथास्तु नगरकोटले काठमाडौंको पेप्सीकोलास्थित टीम स्पीडलाई ट्राई ब्रेकरमा ४–३ गोलले पन्छाएको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टीमबाट एकएक गोल भएपछि ट्राईब्रेकरमार्फत निर्णय लिइएको हो । जसमा टीम स्पीडका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी गोल पोेस्टमा ठोक्किएका थिए ।

त्यस्तै तथास्तु नगरकोटका एक खेलाडीले गोल पोष्ट बाहिर प्रहार गरेका थिए । खेलको निर्धारित समयमा तथास्तु नगरकोटका अनिल किसीले र टीम स्पीडका अखिलेश कार्कीले एकएक गोल गरेका थिए ।

भक्तपुरको माहेश्वरी खेल मैदानमा भएको अर्को खेलमा भक्तपुरकै सत्यनारायण स्पोर्टस् क्लवले मध्यपुर थिमीको बोडेस्थित फुटबल क्लव रियललाई ३–० गोलले हराएको छ । सत्यनारायणको लागि विदेशी खेलाडीद्वय करिम र एल्बिस तथा सुमन डंगोलले एकएक गोल गरेका थिए ।

सोमबार नै भएको अर्को खेलमा काभ्रेको काभ्रे बोर्डरले काठमाडौंको नैकापस्थित दीपशिखा युवा समूहलाई २–० गोलले पन्छाएकोे छ । विजेता काभ्रे बोर्डरको लागि राधेश्याम कार्की र वीरेन्द्र थापाले एकएक गोल गरे ।

अर्को खेलमा भक्तपुरको २९ ब्वाइज युनाइटेडले काभ्रेकको साँगास्थित नेपाल प्रहरी स्कुललाई ट्राई ब्रेकरमा ४–१ गोलले हराएको छ । खेलको निर्धारित समयमा दुवै टीमबाट दुईदुई गोल भएको थियो । खेलको २४ औं मिनेटमा अनिल कार्कीको गोलबाट प्रहरी स्कुलले अग्रता लिएको थियो ।

पहिलो हाफसम्म जितिरहेको प्रहरीको लागि खेलको दोस्रो हाफको ३७ औं मिनेटमा सुरज ठकुरीले गोल गर्दै अग्रता दोब्बर पारे तर खेलको ४७ औं मिनेटमा कुमार लामाको र ५० औं मिनेटमा राजन बखुन्छेंको गोलबाट २९ ब्वाइजले खेल बराबरी गरेको थियो ।

प्रतियोगितामा भक्तपुर, काठमाडौं र काभ्रेका २४ फुटबल टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसँगै नगद एकलाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.