तिलाराकोट क्षेत्रमा ठूला लगानीका होटल

तिलाराकोट क्षेत्रमा ठूला लगानीका होटल

तौलिहवा : बुद्धस्थल तिलौराकोट आसपासमा ठूला लगानीका होटल खुल्ने क्रम बढेको छ।पछिल्लो समय कपिलवस्तुमा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा लगानी गर्नेहरूको आकर्षण बढेको हो।जिल्लाको उत्तरी भेग विशेष गरी महेन्द्र राजमार्गसँग जोडिएका क्षेत्रहरू पिपरा, चार नम्बर जितपुर, बनगाई, गोरुसिंगे, इमिलिया र चन्द्रौटामा करोडौं लगानीमा धमाधम होटल खुलिरहेका छन् ।

उद्योगी, व्यवसायी, व्यापारी तथा विदेशबाट फर्केकाहरूले विशेष गरेर यस क्षेत्रमा लगानी बढाएका हुन्।बुद्धस्थलले भरिपूर्ण कपिलवस्तु महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।तर, स्तरीय होटल तथा रेष्टुरेन्ट नहुँदा यहाँ घुम्न आउने पर्यटक बाहिरी जिल्लामा खान र बास बस्न जानुपर्ने बाध्यता थियो।आजभोलि होटल तथा रेष्टुरेन्टमा लगानी गर्न उद्योगीको आकर्षण बढेपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा अन्तर्राष्ट्रिय स्तरको मायाज इन्टरनेशनल होटल एण्ड बार सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकले रात बिताउन थालेका हुन्।करिब १० करोडको लगानीमा स्थापना भएको सुविधा सम्पन्न मायाज जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सेवा दिने होटल बनेको छ ।

होटल सञ्चालनमा आउँदासम्म जग्गा र भौतिक संरचनाका लागि मात्र १० करोडको लगानी परेको छ।त्यसैका कारण स्थापनाको ५÷६ महिनाको अवधिमा मायाज होटलमा जिल्लाभित्र तथा बाहिरबाट स्वाद भर्न तथा आवासका लागि आउने पर्यटकको संख्या दिनानुदिन बढ्ने गरेको छ।यस्तै, विभिन्न स्थानबाट बुटवल र दाङमा आएका व्यक्ति पनि रात बिताउन मायाजमै आउने गरेको होटलका सञ्चालक हरिप्रसाद शर्माको भनाइ छ।होटलमा अन्तर्राष्ट्रिय गुणस्तरको खाना, क्याटरिङको सुविधा, सेमिनारको व्यवस्था, एसी र ननएसी रुम, हाइजेनिक किचन छ भने चाँडै जिम हाउस, स्विमिङ पुल, हेल्थ क्लब पनि निर्माण गर्ने तयारी रहेको उनको भनाइ छ।बुटबल यता सुविधा सम्पन्न होटल नहुँदा विशिष्ट पाहुनालाई समस्या हुँदै आएको थियो।कपिलवस्तु बुद्धको जन्मस्थलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्छ ।

होटल बुकिङका लागि अनलाइन सिष्टमको पनि व्यवस्था छ।अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्धारी लगायतका ठाउँ घुम्न पनि सवारी सुविधा पुर्‍याउने होटलको तयारी छ।भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेकाले तत्काल ट्राभल्सको पनि सुविधा मिलाउने तयारी गरिएको छ।सबैको साथ र सहयोग रहे यस क्षेत्रकै पहिलो स्टार अंकित होटल बनाउने योजना रहेको पनि शर्माले बताए।होटल केवल नाफा कमाउने मात्र नभई यस क्षेत्रका युवालाई रोजगार दिने उद्देश्यले पनि सञ्चालन गरिएको उनले बताए ।

वाणगंगा नगरपालिका १ ठाकुरापुरमा पनि पिस हिमालय रिसोर्ट सञ्चालनमा आएको छ।झन्डै दुई वर्ष लगाएर निर्माण गरिएको रिसोर्टको लगानी झन्डै १५ करोड रहेको सञ्चालक रामु न्यौपानेले बताए।रिसोर्टको भौतिक संरचनाका लागि झन्डै ६ करोड लागेको छ।पुसदेखि औपचारिक सञ्चालनमा आएको रिर्सोट २५ कठ्ठा जग्गामा सञ्चालनमा ल्याइएको उनले बताए।रिसोर्टमा स्विमिङ पुल, चिल्डे«न पार्क, जिम हाउस, फूटसल सहितको व्यवस्था छ।हरियाली सहितको गार्डेन, ८ सय क्षमताको बैंक स्विट हल, रेष्टुरेन्ट बार, १२ रुम क्षमताको भिआइपी गेष्ट हाउस पनि यसमा छ।रिसोर्ट सञ्चालनमा आएसँगै झन्डै ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई कपिलवस्तु जिल्लाको पर्यटकीय स्थल अवलोकनका लागि विशेष व्यवस्था गराउने रिसोर्ट सञ्चालकको लक्ष्य छ।सञ्चालक न्यौपाने भन्छन्, ‘यहाँ आउने विशिष्ट पाहुनालाई राख्ने ठाउँ नहुँदा बुटबल लैजानुपर्ने बाध्यताको अब अन्त्य भएको छ ।’ आन्तरिक पर्यटकलाई कपिलवस्तु भित्त्याउने उद्देश्यले पनि आफूले करोडौंको लगानी रिसोर्टमा गरेको उनले बताए।रिसोर्टबाट कपिलवस्तुको पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।आकर्षण प्याकेजमा उक्त सुविधा दिने सञ्चालकको तयारी छ ।

वाणगंगाकै बैरियामा मायादेवी रिर्सोट सञ्चालनको तयारीमा छ।झन्डै १५ करोडको लगानीको उक्त रिसोर्ट नयाँ वर्षमा उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको सञ्चालक वीरेन्द्र खाँण बताउँछन्।जिल्लाको पश्चिमी क्षेत्र चन्द्रौटामा पनि करोडौं लगानीमा रिर्सोट बन्दै छ।त्यस क्षेत्रका १० उद्योगी व्यवसायीको लगानीमा बन्न लागेको रिर्सोटको लगानी ६० करोडको हुने सञ्चालक महादेव पोख्रेल बताउँछन्।वर्ष दिनभित्रै सक्ने गरी शिवराज नगरपालिका २ बालापुरस्थित तीन बिघा जग्गामा रिर्सोट बनिरहेको छ ।

निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भएपछि लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई कपिलवस्तु भित्त्याउने उद्देश्य जिल्लाबासीको छ।पर्यटन प्रवद्र्धनका लागि होटल, रेष्टुरेन्ट पनि एउटा इँट्टा भएकाले करोडौंको लगानीमा यी यस्ता सुविधाजनक होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउनुपर्नेमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल जोड दिन्छन्।‘राज्यले पर्यटन प्रवद्र्धनको कुरा मात्र गरेर हुँदैन’, पौडेलले भने, ‘पर्यटक बसोबास गर्ने खालमा होटल तथा रेष्टुरेन्ट पनि हुनुपर्‍यो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.