दोलखाका स्थानीय तहमा ह्रास हुँदै खर्च गर्ने क्षमता

दोलखाका स्थानीय तहमा ह्रास हुँदै खर्च गर्ने क्षमता

दोलखा : दोलखाका स्थानीय तहको खर्चगर्ने क्षमता बढ्नुको सट्टा घट्दै गइरहेको छ। जिल्लाका दुईवटा नगरपालिका र सातवटा गाउँपालिकाको खर्च क्षमता घट्दै गएको हो।

चालु आर्थिक वर्षको ६ महिना र अघिल्लो आर्थिक वर्ष सोही अवधिको खर्चको तथ्याङ्कलाई तुलना गर्दा दोलखाका स्थानीय तहको खर्च गर्ने क्षमता बढ्नुको सट्टा घट्दै गएको देखिन्छ। चालु आर्थिक वर्षको ६ महिनामा दोलखाका स्थानीय तहले वित्तिय समानिकरणतर्फ कूल १२ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ। अघिल्लो आवको सोही अवधिमा २८ दशमलब ६७ प्रतिशत खर्च भएको तथ्याङ्क छ। अघिल्लो आवको ६ महिना र चालु आवको सोही अवधिको तथ्याङ्कअनुसार दोलखाको स्थानीय तहहरुको खर्च गर्ने क्षमता १६ प्रतिशतले घटेको पाइएको छ।

चालु आवको ६ महिना बितिसक्दा समेत न्युनतम २ प्रतिशतदेखि बढीमा २० प्रतिशतसम्म मात्र बजेट खर्च गरेको पाइएको छ। दक्षिणी तामाकोशी गाउँपालिकाले विकास बजेट २ प्रतिशत मात्र खर्च गरेको छ भने उत्तरी गौरीशंकर गाउँपालिकाले विकास बजेट २४ प्रतिशत खर्च गरेको छ।

काम भइहेको भनेर गर्व गर्दै तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख दिपेश कट्टेलले भन्छन्,‘भुक्तानी दिन ढिला भएकोले वित्तिय प्रगति कम देखिएको हो।’ तामाकोशी गाउँपालिकाको कूल विकास बजेट ११ करोड ५४ लाख रहेकोमा पुस मशान्तसम्ममा २३ लाख ६४ हजार मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कट्टेलले बताए।

गौरीशंकर गाउँपालिकाले तुलनात्मक रुपमा सबैभन्दा बढी २४ प्रतिशत विकास बजेट खर्च गरेको छ। गौरीशंकर गाउँपालिकाको १० करोड ५४ लाख बिकास बजेट रहेकोमा ५ महिनाको अवधिमा २ करोड ५३ लाख रुपैयाँ खर्च भएको प्रशासन प्रमुख लिलाराज पौडेलले जानकारी दिए। 

त्यस्तै भीमेश्वर नगरपालिकाले १७ करोड ११ लाख विकास बजेट मध्ये करिब १२ दशमलब ६४ प्रतिशत खर्च गरेको छ भने जिरी नगरपालिकाले ९ करोड ९४ लाख विकास बजेट मध्ये १६ दशमलब ३३ प्रतिशत विकास बजेट खर्च गरेको छ।

कालिञ्चोक गाउँपालिकाले १३ करोड १८ लाख विकास बजेटमध्ये ६ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ भने बैत्यश्वर गाउँपालिकाले ११ करोड ८० लाख मध्ये १२ दशमदब २० प्रतिशत, मेलुङ गाउँपालिकाले ११ करोड ९६ लाख मध्ये १३ दशलमब ६४ प्रतिशत र शैलुङ गाउँपालिकाले ११ करोड ३१ लाखमध्ये ७ दशमलब ७२ प्रतिशत मात्र खर्च गरेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.