'बाराका सिडिओको सवारी दुर्घटना शंकास्पद, छानबिन होस्'

'बाराका सिडिओको सवारी दुर्घटना शंकास्पद, छानबिन होस्'

काठमाडौँ : गत माघ ११ गते पिकनिकबाट फर्कने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । 

सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै ज्यान जाने गरी भएको सवारी  दुर्घटनालाई सुरुबाटै रहस्यमय भनिएको छ । सोमबार ज्यान गुमाएका सिडिओ भट्टराईका परिवारले यसअघि नै घटनालाई रहस्यमय भन्दै छानबिन गर्न माग गरेका थिए । 

सिडिओ भट्टराईको निधन भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले यो प्रकरणको सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन् । 

नेता भट्टराईले देशले एकजना कुशल र जनप्रिय प्रशासक गुमाएको बताउँदै यो दुर्घटनाबारे सरकारले छानबिन गर्नु पर्ने माग गरेका हुन् । भट्टराईले सीडीण गणेशप्रसाद सवार सवारी दुर्घटनाबारे अनेक आशंका र सन्देह उत्पन्न भएकाले छानबिन हुनुपर्ने बताएका हुन् । 

'सिडिओ भट्टराई सवार सवारी दुर्घटनाबारे अनेक आशंका र सन्देह सार्वजनिक भाइरहेको सन्दर्भमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गर्दछु', योगेशले भनेका छन्, 'उहाँप्रति हार्दिक श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।'

केही दिनअघि सिडिओ भट्टराईका भाइ नरेश भट्टराईले राजधानीमा पत्रकार सम्मेलन गरे सिडिओ दाजुको सवारी दुर्घटना रहस्यमय रहेको भन्दै छानबिनका लागि सरकारलाई आग्रह गरेका थिए । 

चालक नियन्त्रणमा 

यसअघि जिल्ला प्रहरी कार्यालयले बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईका सवारी चालक जगतनारायण कुर्मीलाई नियन्त्रणमा लिएको थियो । 

माघ ११ गते बाराको पथलैया-निजगढ सडक खण्डको पसाहा पुल नजिक दुर्घटना भएको सिडिओको सवारीका चालक कुर्मीलाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै माघ १८ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । दुर्घटनामा सामान्य घाइते उनी वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचाररत थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले चालकको लापरवाहीका कारण दुर्घटना भएको देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका थिए । उनलाई सवारी ज्यान मुद्दा ऐन अन्तर्गत कारवाही हुने प्रवक्ता राठौरले बताएका थिए । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय निजगढको क्षेत्रभित्र रहेकाले निजगढ प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.