वर्गीकरणमा आवेदन दिने पत्रिकाकाे सङ्ख्या घट्याे

वर्गीकरणमा आवेदन दिने पत्रिकाकाे सङ्ख्या घट्याे

काठमाडौँ : प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७४/७५ को पत्रपत्रिका वर्गीकरणमा वितरण सम्परीक्षण समितिमा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या ८६४ रहेको जनाएको छ ।

वर्गीकरणमा दैनिक १७४, अर्ध–साप्ताहिक तीन, साप्ताहिक ५२७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक चार, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ छन् ।

यस्तै, प्रदेशगत रूपमा प्रदेश नं १ बाट १११, प्रदेश नं २ बाट १७७, प्रदेश नं ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

आव २०७४/७५ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन फाराम भरेका पत्रपत्रिकाको विवरण प्रेस काउन्सिलको वेबसाइटमा पनि राखिएको जनाइएको छ ।

यसैगरी यीबाहेक प्रक्रिया नपुगेका र ढिलो गरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाउने सूचना अधिकारी दीपक खनालले जानकारी दिएका छन् । आव २०७३/७४ मा ९५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन गरेका थिए ।

-रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.