डिभी लोटरी पर्‍यो, तर अमेरिका होइन प्रहरी हिरासतमा बास भो !

डिभी लोटरी पर्‍यो, तर अमेरिका होइन प्रहरी हिरासतमा बास भो !

काठमाडौँ : डिभी लोटरी परेपछि अमेरिका उड्ने एकजना युवाको सपना नक्कली शैक्षिक प्रमाणपत्रले अलपत्र पारिदिएको छ । 

डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया अघि बढाउने क्रममा चितवनका एक युवकले महाराजगन्जस्थित अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि प्रहरीको खोरमा पुगेका हुन् । 

अमेरिका जानका लागि चितवनको भरतपुर महानगरपालिका–५ विकास चोकका २६ वर्षीय निखिल पराजुलीले टेन प्लस टु को नक्कली प्रमाणपत्र दूतावासमा पेश गरेका थिए । 

पराजुलीको शैक्षिक प्रमाणपत्रसहितका कागजात नक्कली पुष्टि भएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई जानकारी गराएको थियो । 

दूतावासको जानकारीका आधारमा पराजुलीलाई महाशाखाको टोलीले मंगलबार महाराजगन्ज क्षेत्रबाटै पक्राउ गरी हिरसातमा लिएको हो । थप कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.