भारतीय ज्वाइँलाई नेपाली नागरिकता, पक्राउ परे ससुरा
सप्तरी : एकजना भारतीय नागरिकलाई कीर्ते गरी नेपाली नागरिकता बनाइदिएको अभियोगमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ बाट एकजना पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका-६ बस्ने ५० वर्षीय उत्तमलाल साहलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।
साहले आफ्नो ज्वाइँ नाता पर्ने भारतको बिहार राज्यस्थित मधुवनी निवासी ३३ वर्षीय वीरेन्द्र साहलाई २०६३ माघ १४ गते झुट्टा विवरणका आधारमा नागरिकता दिएका थिए । साहले झुटा विवरणका आधारमा ती भारतीयलाई नक्कली छोरो बनाई नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।