दुई करोड ६३ लाख भारतीय सहयोगमा विद्यालय भवन

दुई करोड ६३ लाख भारतीय सहयोगमा विद्यालय भवन

प्यूठान : भारत सरकारको सहयोगमा प्यूठानमा एउटा विद्यालय भवन तयार भएको छ। प्युठानको रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक समारोहबीच उद्घाटन गरेका छन् । 

काठमाडौँस्थित भारतीय दूतावासका द्धितीय सचिव निरजकुमार जैसवालसमेत उपस्थित उद्घाटन कार्यक्रममा सयौँ स्थानीयबासी र विद्यार्थी पनि सहभागी थिए । 

हाल १०५४ जना विद्यार्थी अध्ययनरत यो विद्यालय सन् १९५१ सालमा स्थापना भएको थियो । यो विद्यालयमा हाल विज्ञान, कमर्स र शिक्षा संकायमा टेन प्लस टु पढाइ पनि भइरहेको छ । 

मुक्ति माध्यमिक विद्यालय नेपालको मध्यपश्चिमी क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाकारुपमा परिचित छ । यो विद्यालय विज्ञान संकायमा पढाई सञ्चालन गर्ने एक मात्र शैक्षिक संस्था पनि हो । 

भारतीय सहयोगमा बनेको यो विद्यालय परिसरमा नयाँ कक्षा, छात्राबास, सुरक्षा गार्ड रुम, पानी ट्यांकी र सुरक्षा पर्खाल पनि निर्माण भएको छ । यो पूर्वाधारले विद्यालयलाई उच्च माध्यमिक तहको पठान पाठन गराउन सहज हुने विश्वास भारतीय दूतावासले लिएकव छ । 

भारतीय सहयोगमा बनेको यो प्युठानकै पहिलो विद्यालय हो । विद्यालयको नयाँ पूर्वाधारले विद्यार्थीलाई सिकाइ शिक्षामा सहज वातावरण बनाउनुका साथै पढ्ने वातावरण पनि उत्कृष्ट हुने भारतीय दूतावासले विश्वास लिएको छ। यो विद्यालयमा पढ्ने गरिब तथा सीमान्तकृत बालबालिकाको शिक्षाको स्तर माथि उठाउन पनि विद्यालयको नयाँ पू्र्वाधारले सघाए पुर्‍याउने विश्वास भारतीय दूतावासले गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.