आठौं राष्ट्रिय खेलकुदमा क्रिकेट र जुडोमा प्रदेश २ बाट जो छानिए
काठमाडौं : आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने महिला क्रिकेट र जुडो खेलाडीको मंगलबार टुंगो लागेको छ। छनोट भएका १४ सदस्यीय महिला क्रिकेट टोलीमा सिरहाका सात, महोत्तरीका चार, धनुषाका एक र बाराका दुई खेलाडी परेका छन्।
सिरहाबाट सरस्वती चौधरी, सन्तोषीकुमारी चौधरी, कविता गौतम, उर्मिला चौधरी, शान्ति चौधरी, आरती चौधरी, अनुराधा चौधरी, महोत्तरीबाट नीरकुमारी बलम्पाकी, गोमा आले, दुर्गा कार्की र शोभा आले, धनुषाकी रोजी कोदारी तथा बाराका पूजा गिरी र निशा गिरी छन्।
यसैगरी जुडोमा ६ पुरुष र पाँच महिला गरी ११ खेलाडी छानिए। पुरुष ६० केजीमुनि राजु शर्मा भडाल, ६६ केजीमुनि हिमांशु गुप्ता, ७३ केजीमुनि आर्यनकुमार पटेल, ८१ केजीमुनि गुड्डुकुमार सकानु, ९० केजीमुनि मुकेशकुमार ठाकुर र १०० केजीमुनि मनमोहन पाण्डे छनोट भए। छनोट हुने सबै पर्साका हुन् ।
महिला ४८ केजीमुनि पूजाकुमारी श्रीवास्तव, ५२ केजीमुनि प्रकृति मल्ल, ५७ केजीमुनि अभिलेखाकुमारी चौधरी, ६३ केजीमुनि विजिता श्रेष्ठ र ७८ केजीमुनि कविताकुमारी चौधरी छन् । अभिलेखा र कविता सप्तरीका हुन् भने बाँकी सबै पर्साका हुन्।