रक्षा सचिव लम्साल प्रधानमन्त्री कार्यालयमा
काठमाडौँ : सरकारले केही सचिवहरुको सरुवा गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले करिब ७ जना सचिवहरुको सरुवा गरेको हो ।
यो सरुवाका क्रममा रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेको छ ।
उनको स्थानमा रक्षा मन्त्रालयमा प्रधानमन्त्रीको कार्यालयबाट रेश्मीराज पाण्डेलाई सरुवा गरिएको छ। सरकारले सूर्य गौतमलाई बढुवा गरेर महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापना गरेको छ ।