डि जे रथ पल्टिँदा सर्लाहीमा एकको मृत्यु

डि जे रथ पल्टिँदा सर्लाहीमा एकको मृत्यु

मलङ्वा : डि जे रथ पल्टिँदा सर्लाहीमा एक युवकको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका १० का २२ वर्षीय विकाश महतोको  बिहीबार रथ पल्टिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सिसौटियाबाट सोही नगरपालिकाको वडा न ४ रोहुवामा जाँदै गरेको अवस्थामा रथ पल्टिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

दुर्घटनामा परी महतोको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते भएका महतोको उपचारको क्रममा सर्लाही अस्पताल मलङ्वामा मृत्यु भएको हो । रथ महतोको आफ्नै रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.