नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विस्फोट : तीन घाइते

नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विस्फोट : तीन घाइते

नितु घले/सुवास गोतामे 

ललितपुर : ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट भएको छ। 

शुक्रबार राति भएको विस्फोटमा तीनजना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी अपिल बोहराका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर घाइते भएका छन्। उनीहरुको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।  

घाइतेमध्ये गुरुङ गम्भीर छन्। उनका दुईटै खुट्टा चुडिएको प्रहरीको भनाइ छ। मेडिसिटी अस्पतालकी नर्स उरुषाको त्यही उपचार भइरहेको छ भने प्रतिक्षाको अल्का अस्पतालमा उपचार भइरहेको छ। 

अज्ञात समूहले विस्फोट गराएको प्रहरीको भनाइ छ। विस्फोटबाट एनसेल टावर नजिकैको फर्निचर पसलमासमेत क्षति पुगेको छ। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानको विशेष टोली घटनास्थलमा पुगिसकेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको भए पनि कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन । घटनामा संलग्नको खोजी भइरहेको र चाँडै पत्ता लाग्ने प्रजिअ जोशीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.