प्रदेशसदस्य वलीको राजकीय सम्मानसहित अन्त्यष्टी

प्रदेशसदस्य वलीको राजकीय सम्मानसहित अन्त्यष्टी

दाङ : प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको गृहजिल्ला दाङमा राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको शुक्रबार बिहान उपचारकै क्रमका निधन भएको थियो । वलीको दगीशरण गाउँपालिका–६ (वागर खोला) चिराघाट खोलामा शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिका क्रममा सम्मान स्वरूप नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

वलीको पार्थिव शरीरमा ५ नंं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र संघीय संसदका सभामुख कृष्णबहादुर महराले राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्त गरेका थिए । वलीको अन्त्यष्टी कार्यक्रममा सरकारका उच्च पदस्थ पदाधिकारी, मन्त्रीहरू, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सयौं सर्वसाधारणको सहभागिता थियो ।

वलीलाई अन्तिम श्रद्धाञ्जली दिन संघीय संसदका सभामुख कृष्णबहादुर महरा शनिबारमात्रै दाङ पुगेका थिए । यस्तै ५ नंं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली कांग्रेसका नेता तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा नेकपा सचेतक शान्ता चौधरी, मन्त्रीहरू, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले वलीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । वलीका ७ वर्षीय छोरा प्रतीक र ९ वर्षीय छोरा प्रणयले शिन्दु परम्परा अनुसार दाहसंस्कार गरेका थिए ।

घोराही लमही सडकखण्डको चिसापानीमा वली सवार बा १८ च ६८३६ नम्बरको कारलाई विपरित दिशातर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।

प्रदेशसभा सदस्य वलीको शोकमा उनको निर्वाचन क्षेत्र रहेका दंगीकरण, बबई, शान्दीनगर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामा शोक मनाउँदै एक दिन सार्वजनिक विदा समेत दिइएको छ । गाउँपालिकाहरुले कार्यपालिका बैठक गरी शोक प्रस्ताव समेत पारित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.