आहा रारा गोल्डकप : अनिलको ह्याट्रिकमा थ्रीस्टार सेमीफाइनलमा

आहा रारा गोल्डकप : अनिलको ह्याट्रिकमा थ्रीस्टार सेमीफाइनलमा

पोखरा : अनिल गुरुङको ह्याट्रिकले थ्रिस्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा युनाइटेड सिक्किम फुटबल क्लबलाई ५–२ गोल अन्तरले हराउँदै थ्रिस्टार क्लवसेमिफाइनलमा पुगेको हो। 

थ्रिस्टार क्लवले सिक्किम विरुद्धको खेलमा दुई पेनाल्टी र एक सुसाईड गोल उपहार पाउँदै सहज जित निकालेको हो । 

थ्रिस्टारले पहिलो गोल खेलको २६ औं मिनेटमै प्यानाल्टिबाट गरेको थियो । सिक्किमका संजय क्षेत्रीले थ्रिस्टारका खेलाडी सुशिल राईलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिलाई सदुपयोग गर्दै अनिल गुरुङले गोल गरेका थिए । 

थ्रिस्टारले खेलको ५१ मिनेटमा सिक्किमकै खेलाडीबाट गोल उपहार पाएको थियो । सिक्कमका खेलाडी जिग्मी दोर्जे भुटीयाले आफ्नै गोल रक्षकले अनील गुरुङले प्रहार गरेको बल बचाउ गर्दा रिबान्स भएको बललाई क्लियर गर्ने क्रममा आफ्नै गोल पोष्टको जाली चुम्दा स्तब्ध बनेका थिए । 

तेस्रो गोल भने थ्रिस्टारका विदेशी खेलाडी अजयी मार्टीन्सले ७० औ मिनेटमा गरे । मार्टीन्सले मैदानको करिव मध्यभागबाट बललाई अगाडि बढाउँदै विपक्षी सिक्किमका गोल रक्षक विट भएको अवस्थामा गोल गरेका थिए । 

थ्रिस्टारले चौथो गोल पेनाल्टिबाटै खेलको ८१ औं मिनेटमा गरेको थियो । डिबक्स भित्र अनील गुरुङलाई विपक्षी खेलाडीले लडाएपछि पाएको पेनाल्टीको अवसरलाई अनील गुरुङले सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा अनिल गुरुङले मार्टीन्सको पासमा पाएको बललाई सदुपयोग गर्दै ह्याट्रिक गोल गरेका थिए । 

खेलको सुरुवाती चरणमा राम्रो खेल पस्केको सिक्किमको टोली थ्रिस्टारले पेनाल्टीबाट गोल गरेपछि र आफ्नै खेलाडीले आफ्नै गोल पोष्टमा गोल गरेपछि दवावमा परेको थियो । 

सिक्किमले  सान्त्वना गोल गर्न खेलको ८९ औं मिनेट कुर्नु परेको थियो । सिक्किमका लागि पहिलो गोल सोनम टि भुटियाले गरेका थिए । सिक्किममा ओङ छिरिङ लोप्चाले खेलको ९० प्लस ३ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । थ्रिस्टारका अनन्त तामाङको हेण्ड भएपछि सिक्किमले पेनाल्टी पाएको थियो । खेलमा थ्रिस्टारका अनील गुरुङ म्यान अफ दि म्याच घोषित भए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.