दसैं अघि फेवाताल किनारमा केबलकार संचालनमा आउने

दसैं अघि फेवाताल किनारमा केबलकार संचालनमा आउने

पोखरा : पोखराको फेवाताल किनारमा दसैंअघि केबलकार संचालनमा आउने भएको छ।केबलकार सुचारु भएपछि उदाउँदो र अस्ताउँदो घाम हेर्न सराङ्कोट पुग्न सजिलो हुने भएको छ। केबलकार संचालनमा आएसँगै अब पर्यटकले सराङ्कोट पुग्न घुम्ती नै घुम्ती भएको साँघुरो सडकको बाटो हुँदै सवारी साधनमा ४५ मिनेट खर्चनुपर्ने छैन। ८ मिनेटमै सराङ्कोट टाकुरामा पुग्न सकिनेछ। 

फेवाताल किनारको सेदीबगरमा २०७३ मंसिर २९ गते भूमि पूजन कार्यक्रम गरी अन्नपूर्ण केवलकार प्रालिले सराङ्कोट पुग्ने केबलकार बनाउन काम सुरु गरेको थियो। केबलकार निर्माणको काम ७५ प्रतिशत सकिएको र दसैं अगाडी नै केबलकार संचानलमा आउने गरी काम अघि बढेको अन्नपूर्ण केबलकार प्रालिका संचालक निर्देशक तीर्थराज त्रिपाठीले बताए।

जापानबाट केबलकारका लागि चाहिने लठ्ठा, गोण्डोला (डिब्बा) लगायतका सम्पूर्ण सामाग्री आइसकेको र केबलकार फिट गर्न जापानबाट ३ जना विज्ञ टोली आएर काम गरिरहेको प्रोजेक्ट इन्जिनियर शैलेन्द्रकुमार सिकेले जानकारी दिए। 

१ अर्बको लगानीमा केबलकार निर्माण हुने भनिए पनि  लागत बढेर १ अर्ब ३१ करोड लाग्ने अन्नपूर्ण केबलकार प्रालिका निर्देशक त्रिपाठीले बताए।  विदेशी लगानी समेत रहने केबलकारमा सराङ्कोटका स्थानीयको समेत साझेदारी रहेको छ। नेपालीको ८५ र विदेशीको १५ प्रतिशत लगानी रहेको केबलकार निर्माणमा सनराइज बैंक र राष्ट्रिय वाणिज्यले सहवित्तीयकरणमा ऋण नेतृत्व गरेका छन्।

२१ सय ७५ मिटर लामो केबलकारमा १८ टावर हुनेछन्। केबलकारमा झुल्के घाम हेर्न जाने पर्यटकलाई लक्ष्य गरी बिहान साढे ५ बजेदेखि नै केबलकारको सेवा दिइने बताइएको छ। केबलकारमा १८ वटा डिब्बा रहने छ। १७ डिब्बा क्यावीन रहने र १ डिब्बा सामान ओसारने (लगेज) रहेको इन्जिनियर सिकेले बताए। एउटा डिब्बा ८ जनाको क्षमताको रहेको पनि उनले बताए।   

केबलकारमा जापानको निप्पोन केबलकारको प्रविधि प्रयोग भएको छ। फेतातालको उत्तरी किनार सेदीबगरबाट सराङ्कोटसम्म केबलकार निर्माणले पोखरामा नयाँ पर्यटकीय ब्राण्ड थपिएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । केबलकार चढेर फेवाताल, पोखरा बजार, हिमालको दृश्यालवाकन मात्र होइन, सूर्योदय र सूर्य अस्त समेत हेर्न सकिनेछ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.