नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो

नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो

वार्षिक पाँच अर्ब बराबरको औषधिको कारोबार बाह्य मुलुकमा गरिन्छ। राज्यको नीतिको अभावमा मारमा परेको व्यवसायीको गुनासो छ।


भरतपुर : औषधि उत्पादनको प्रवर्द्धनका लागि भरतपुरमा भरतपुरमा ‘नेपाल फर्मा एन्ड हेल्थ नेपालमा एक्स्पो’ आयोजना गरिएको छ। नेपाल औषधि उत्पादक संघले सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९ शुक्रबारदेखि सुरु हुँदैछ।

नेपालमा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई प्रदर्शन गरिनेछ। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूबीचको सहभागिताबाट उपचार र उपचारमा सपोर्ट गर्ने कुरामा भएका विकासलाई एक्स्पोमा प्रदर्शन गरिनेछ। अनुसन्धानमा भएका विकासको उपलब्धिका विषयमा उक्त प्रदर्शनीमा बहस हुने आयोजकले जनाएको छ। शुक्रबार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र उद्योगमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम छ। औषधिको पछिल्लो प्रविधिको विकास र प्रविधिको जानकारी गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो।

औषधि उत्पादनमा भएका उपकरणको प्रदर्शन हुने बताइएको छ। एक्स्पोमा सात वटा वैज्ञानिक सेसन हुनेछन्। पछिल्लो प्रविधिको विकासलाई उत्पादनकर्तामा पुर्‍याउनका लागि उपकरण प्रदर्शन गरिनेछ। औषधि उत्पादनमा लागेका उद्योगी र प्राविधिकको सहभागिता रहनेछ। नेपालसहित भारत, चीन, बंगलादेश, जर्मन कम्पनीको स्टल राखिनेछ। प्रविधि देखाउने र सूचना प्रदर्शन गर्ने हबकारूपमा एक्स्पोलाई लिईएको छ। पछिल्लो समय अपडेट भएका प्रविधिको बारेमा एकै स्थानमा जानकारी हुने हुँदा निकै प्रभावकारी हुने आयोजकको दाबी छ।

नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, सवेदनशीलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्या‍उँदै अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो। राजधानीबाहिर पहिलो पटक एक्स्पो आयोजना गरिएको हो। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा तीन दिनसम्म प्रदर्शनी चल्नेछ। चितवनमा गरिएको प्रदर्शनीले समग्र उद्योगीको आवाज सम्बोधन गर्ने चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले बताए। एक्स्पोमा नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको नयाँ प्राविधिक ज्ञान दिने विश्वास व्यक्त गरे।

राष्ट्रिय नीतिको अभावमा नेपाल औषधिमा आत्मनिर्भर बन्न नसकेको विषयलाई नेपाल औषधि उत्पादक संघले मूल मुद्दाको विषयमा उठाएको छ। वार्षिक पाँच अर्ब बराबरको औषधिको कारोबार बाह्य मुलुकमा गरिन्छ। नेपालमा रहेका औषधि उत्पादक कम्पनीले करिब ४५ प्रतिशत मात्रै नेपालीमा बजार ओगट्छन। बाँकी विदेशबाट आयात गरिन्छ। स्वदेशमै उत्पादन भएका औषधिलाई प्राथमिकता दिएर ती औषधिको आयात रोके नेपाली उद्योगले फड्को मार्ने उद्योगीको भनाइ छ। तर राज्यको नीतिको अभावमा मार परेको गुनासो गरे। एक्स्पोले त्यसलाई बहसमा ल्याउन टेवा पुर्‍याउने विश्वास नेपाली उद्योगीको छ। स्वदेशी उद्योगको प्रवर्द्धनका लागि उनीहरूले माग गरेका छन्। उनीहरूका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर गुणस्तरीयता भए पनि नीतिगत अभावमा बाह्य कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए। एक्स्पोले त्यस्ता समस्या समाधान गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। औषधिमा आत्मनिर्भर बनाउन माग गरेका छन।

एक्स्पोमा मरणोपरान्त अंगदानको सामाजिक अभियानलाई पनि केन्द्रित गरिएको छ। कार्यक्रमस्थलमा फारम भरेपछि प्रदर्शन स्थलबाटै अंगदान गर्न सकिनेछ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा अंगदान गर्न सकिने व्यवस्था गरिएको छ। प्रदर्शन अवधिभरमा एक हजारभन्दा बढीले अंगदान गर्ने अपेक्षा गरिएको छ। दुई सय वटा स्टल रहने प्रदर्शनीमा औषधिको क्षेत्रमा नयाँ खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनीले स्टल राख्नेछन्। त्यस्तै भारतीय कम्पनीका एक सय २० र निजी क्षेत्रका १० अस्पतालको सहभागी रहनेछ। उक्त एक्स्पोमा ५० हजार जना दर्शकले सहभागिता जनाउने बताइएको छ।

एक्स्पो अवधिभर कम्तीमा एक हजार जनाले अंगदान गर्ने अपेक्षा गरिएको छ। स्टलमा विभिन्न टेक्निकल सेमिनार हुनुको साथै सहभागी प्रदर्शकहरूको लागि फुडकोर्ट, स्टलबक्स र पार्किङलगायतको व्यवस्था मिलाइएकोे छ। एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.