चीनबाट चार हजार गाई ल्याइँदै

चीनबाट चार हजार गाई ल्याइँदै

हेटौंडा : तीन नम्बर प्रदेश सरकारले छिमेकी देश चीनबाट चार हजार गाई ल्याउने घोषणा गरेको छ ।

गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तरगत प्रदेश सरकारले उन्नत जातको गाई नेपाल भित्र्याउने जनाएको हो । यसका लागि प्रदेश सरकार र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच शुक्रबार साँझ हेटौंडामा सम्झौता भएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदाल र साइन्सेसका प्रमुख इञ्जिनियर उडिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतामा गाईसहित दूधजन्य क्षेत्रमा सहयोग गरिने उल्लेख छ ।

पहिलो चरणमा तीन नम्बर प्रदेशको दोलखा र सिन्धुलीमा यस कार्यक्रम लागू हुने बताइएको छ । सम्झौता अनुसार तीन नम्बर प्रदेश सरकारलाई पहिलो चरणमा अुनदान स्वरुप केम्सले उच्च नश्ल जातका चार हजार गाई उपलब्ध गराउनेछ ।

निजी सरकारी साझेदारी मोडल (पीपीपी) अनुसार एक वर्ष भित्रमा प्रदेशका १३ वटै जिल्लामा उच्च नश्ल जातका गाई पालिनेछ । उक्त कम्पनीले नेपालको २, ३ र ४ नम्बर प्रदेशमा कार्यक्रमलाई लागू गर्ने बताइएको छ ।

चीनबाट ल्याउन लागिएको गाईले दिनमा ३० लिटरसम्म दूध दिने भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए । उनका अनुसार चीनले गाईमा आधारित डेरी, यसको बजारीकरण, पशुस्वास्थ्य, दाना उद्योगलगायत क्षेत्रमा सहयोग गर्नेछ ।

‘पहिलो चरणमा दोलखा, सिन्धुली र चितवनबाट यो प्रोजेक्ट सुरु हुन्छ, एक वर्षभित्र १३ वटै जिल्लामा पुर्‍याउँछाैँ’, मन्त्री लामाले भने । चीनबाट ल्याउने एउटा गाईको मूल्य तीन लाख रुपैयाँसम्म पर्ने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल बताउँछन् । ‘ग्रामिण क्षेत्रमा व्यवसायिक रुपमा उन्नत जातको गाई पालनको लागि सम्झौता गरिएको हो’, उनले भने, ‘ती गाई कार्गोमार्फत ल्याइनेछ ।’ कम्पनीले प्रदेश सरकारको सम्झौता अनुसार दाना उद्योग र दूध प्रशोधन केन्द्र समेत खोल्ने मन्त्री ढुङ्गेलले बताए ।

यस परियोजनालाई प्रदेश दूध विकास बोर्डमार्फत् अगाडि बढाउने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले प्रदेश विकास बोर्डको गठनका लागि प्रदेशसभाबाट आवश्यक कानुन निर्माण गरिसकेको मन्त्री ढुङ्गेलले बताए ।

सम्झौतामा हस्ताक्षर गर्दै चिनियाँ कम्पनी चाइनिज एकेडेमी एग्रिकल्चर मेसिनाइजेसन साइन्स (केम्स) का प्रमुख इञ्जिनियर उ डि सेङ्गले नेपालको ग्रामिण क्षेत्रमा रहेको गरिबी न्यूनीकरण गर्न र ग्रामिण क्षेत्रका जनताको आर्थिकस्तर सुधार गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.