इजरायली ‘सेन्टर फर एक्सिलेन्स’ भित्र्याउन पहल

इजरायली ‘सेन्टर फर एक्सिलेन्स’ भित्र्याउन पहल

काठमाडौं : इजरायल सरकारले नेपालमा कृषि अनुसन्धान, कृषक तथा प्राविधिक तालिम र प्रविधि हस्तान्तरणका लागि ‘सेन्टर फर एक्सीलेन्स’ स्थापना गर्न सकारात्मक रहेको जनाएको छ। इजरायलको अन्तर्राष्ट्रिय विकास सहायता एजेन्सी (मासभ) ले भारत सरकारको संयुक्त पहलमा हरियाणा, तमिलनाडू, राजस्थान, पञ्जाव, कर्णाटक, गुजरात, उत्तर प्रदेश, पश्चिम बंगाल र विहार लगायतका राज्यमा बागवानी तथा अन्य कृषिबालीका लागि ‘सेन्टर फर एक्सीलेन्स’ स्थापना गरेको छ।

नेपालमा इजरायली ‘सेन्टर फर एक्सीलेन्स’ भित्र्याउने सम्बन्धमा शुक्रबार कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल र नेपालका लागि इजरायली राजदूत बेनी ओमेर तथा मासभका भारतस्थित कन्सुलर डान एलुफले छलफल गरेका थिए। ‘सेन्टर फर एक्सीलेन्स र यसका लाभबारे छलफल भएको छ,’ मन्त्रीसँगको छलफलपछि नेपालका लागि इजरायली राजदूत ओमेरले अन्नपूर्ण पोष्टसँग भने, ‘नेपाल सरकारले स्वामित्व लिए संयुक्त रूपमा सेन्टर फर एक्सीलेन्स स्थापना गर्न सकिन्छ।’

यसले कृषक, कृषि प्राविधिक तथा कृषि अनुसन्धान संस्थालाई सहयोग गर्न सक्छ। मासभका तर्फबाट भारतमा ‘सेन्टर फर एक्सीलेन्स’ हेर्ने अधिकारी डान अलुफले नेपालले इजरायलसँगको सहकार्यमा कुनै खास क्षेत्रमा यस्तो केन्द्र स्थापना गरे आसपासका भूभागबाट किसान समेत लाभान्वित हुने बताए। ‘इजरायलीहरू ज्ञान र प्रविधि बाँड्न आतुर छन्’, उनी भन्छन्, ‘कतिपयले नेपालमा पनि इजरायली मोडलको कृषिका बारेमा बहस गरेको पाइन्छ। वास्तवमा, कुनै मोडललाई अनुकरण गर्नुभन्दा स्थानीय आवश्यकताअनुसार डिजाइन गरिनुपर्छ।’ नेपालमै पनि पूर्वी नेपालमा अवलम्बन गरिएको तरिका पश्चिममा नमिल्न सक्ने बताउँदै उनले हिमाल, पहाड र तराईका आवश्यकता र सम्भावना फरक हुनसक्नेमा जोड दिए।

भारतमा सेन्टर फर एक्सीलेन्सको स्थापनासँगै त्यहाँको कृषि अनुसन्धानमा नयाँ आयाम, खेती प्रविधिमा विविधीकरण र आधुनिकीकरणसँगै यसले सफलता प्राप्त गरेको छ। विश्वभर कृषिको यान्त्रीकरण, व्यवसायीकरण र आधुनिकीकरणलाई समेत कायल पार्ने इजरायली अभ्यासबारे विश्वले चासो राख्ने गर्छ। राजदूत ओमेरले कृषि कुनै पनि देशको संस्कार र संस्कृतिसँग जोडिएको विषय भएकाले यसलाई सोही संस्कारअनुसार नै आधुनिकीकरण र व्यावसायीकरण गर्नुपर्ने धारणा राखे। ‘प्राकृतिक स्रोतसाधनका हिसाबले सम्पन्न रहेकाले नेपाललाई कृषि क्षेत्रको विकासबाट सम्वृद्धि हासिल गर्न कठिन छैन। उच्च मूल्यका र प्रांगारिक खेतीलाई प्रवद्र्धन गरी विश्व बजारमा ‘हिमाली उत्पादन’ का नामले ब्रान्डिङ गर्न सकिने अद्वितीय लाभ नेपाललाई मात्र उपलब्ध छ’, उनले थपे।

इजरायलले नेपाली किसानका छोराछोरीलाई इजरायलमा कृषि अभ्यास र प्रविधिबारे ‘लर्न एन्ड अर्न’ (सिक र आर्जन गर) कार्यक्रमअन्तर्गत अवसर प्रदान गर्दै आएको छ। पाँच वर्षदेखि निरन्तरता पाइरहेको यो कार्यक्रममा २,६७० विद्यार्थीले इजरायलको कृषि अभ्यास र प्रविधिबारे सिक्ने अवसर पाएका छन्। ‘अब केही वर्षभित्र १०औं हजार विद्यार्थी इजरायलमा कृषि अभ्यासबारे सिकेर फर्कनेछन्, यसले नेपालको कृषि प्रणालीलाई रूपान्तरण गर्न सहयोग पु¥याउने छ’, उनले भने।

इजरायलबाट फर्केकामध्ये ४० प्रतिशत युवाले कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका छन्। राजदूत ओमेरले सेन्टर फर एक्सीलेन्सले स्थायी संयन्त्रको रूपमा काम गर्ने भएकाले नेपाल सरकारसँग सहकार्य गर्न चाहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.