झापामा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, तीन घाइते

झापामा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, तीन घाइते

दमक :  झापाको दमक नगरपालिका–४ स्थित कृष्णमन्दिरमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । धरानबाट दमकतर्फ आउँदै गरेको मे३प १८३२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको को३० प ७७०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घटना सोमबार बेलुका ८ः३५ मा घटेका प्रहरीले जानकारी दिएको छ ।


मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ का ४० वर्षीय पुरन कुमार राई रहेका छन् । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 प्रहरीकाअनुसार घाइते मध्ये २ जनाको अवस्था गंभीर रहेको छ । गम्भीर घाइते हुनेमा पाँचथर फाल्गुनन्द नगरपालिका–३ का ३० वर्षीय रमेशहाङ तुम्बाम्फो र नाम, ठेगाना नखुलेका साँइला भनिने अन्दाजी ४० वर्षका एक व्यक्ति रहेका छन् । 

दमक–१० का २५ वर्षीय सुजन धिमाल भने सामान्य घाइते छन् ।  घाइते तीनै जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । 

धरान बाट दमक तर्फ आउँदै गरेको मे३प १८३२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तिर जाँदै गरेको को३०प ७७०० नम्बरको मोटरसाईकल राती ८ः३५ मा एक आपसमा ठोक्किएका थिए ।  

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.